१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

विभिन्न स्रष्टालाई दिइयाे अनेसास नवरत्न पुरष्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले हरेक दुईदुई वर्षमा कुनै पनि देश/ क्षेत्रमा रहेर विभिन्न विधामा समर्पित नारीहरूलाई अनेसास नवरत्न पुरष्कारले सम्मान गर्ने गरेको छ।

यो वर्ष २०२३ को अनेसास नवरत्न पुरष्कार पनि जनवरी २७ को बिहान जुममार्फत अनेसासले विभिन्न क्षेत्रका महिलाहरूलाई प्रदान गरेको छ।

नगद ३३ हजार रूपैयाँसहित सम्मान पत्रले विभूषित हुने नारीहरूमा कोलोराडोबाट अनेसास कोलोराडो च्याप्टरकी भूतपूर्व अध्यक्ष कलमकर्मी आचार्य प्रभा, बोस्टनकी गीतकार अनु शाह, क्यालीफोर्नियाकी कलमकर्मी रीतादेवी प्रधान, न्यूयोर्ककी ज्योति राई, न्यूजर्सीकी शान्ता अधिकारी, बेलायतबाट माया गुरुङ, युरोपबाट डा. संगीता स्वेच्छा, समाजसेवा तर्फबाट डिसीबाट मञ्जु कार्की संग्रौला र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पुरष्कृत भएका छन्।

अनेसास विशुद्ध साहित्यिक संस्था भए पनि हरेक क्षेत्रमा समर्पित महिलाहरूको कदर गर्दै साहित्यबाहेक अन्य क्षेत्रमा काम गरिरहेका महिलाहरूलाई ऊर्जा प्रदान गर्न अनेसास नवरत्न पुरष्कार प्रदान गर्ने अनेसासले निर्णय गरेको हो।

भूतपूर्व केन्द्रीय अध्यक्ष गीता खत्रीले निर्णय गरेको यो पुरष्कारले निकै नारीले पुरष्कृत हुने मौका पाएका छन्।

यस पटकको नवरत्न पुरष्कार कार्यक्रम विभिन्न साहित्यिक व्यक्तित्वको उपस्थितिमा जुममार्फत सम्पन्न गरिएको थियो। पुरस्कार छनाेट समितिकी संयोजक केन्द्रकी सदस्य तारा अधिकारी, केन्द्रकी महासचिव विमला निरौला, अनेसास केन्द्रीय कार्य समिति अध्यक्ष गोवर्द्धन पूजा र अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्माले उक्त सम्मानपत्रमा हस्ताक्षर गरेका थिए।

कार्यक्रमको सञ्चालन विमला निरौलाले गरेकी थिइन् भने कार्यक्रम विभिन्न साहित्यिक क्षेत्रका व्यक्तित्वहरूले आआफ्ना मन्तव्य दिएका थिए। उक्त कार्यक्रममा स्व. नन्दादेवी सुवेदीको स्मरण गर्दै मौन धारण पनि गरिएको थियो।

कार्यक्रममा जुममार्फत उपस्थित पुरष्कृत नारीहरूले अनेसास नवरत्न पुरष्कारले आफूहरूलाई आआफ्नो क्षेत्रमा अझ निरन्तर काम गर्न ऊर्जा मिलेको बताएका थिए।

साहित्यकार आचार्य प्रभाले भने आफूले पुरस्कारस्वरूप प्राप्त गरेको ३३ हजार रूपैयाँ मृगौला पीडित अनेसासकै एक हिस्सा बनेर काम गरिरहेका लेखक तथा सञ्चारकर्मी हरि मानन्धर (नेपाल), अर्बुद पीडित साहित्यकार कल्पना अधिकारी (नेपाल), नव लेखक विनोद श्रेष्ठलाई ह्विल चियर खरिद गर्न सबैसँग सहयोगको अपिल गरिरहेकाले उनीहरूलाई आफूले पाएको नगदबाट जति हुन्छ सहयोग गर्ने इच्छा सुनाउँदै उक्त नगददाताहरू प्रायोजक बनेका महानुभावप्रति आभार व्यक्त गर्दै आफूलाई पनि दात्री बन्ने अवसर दिएकोमा पुरस्कृत भएको जति नै थप मन प्रफुल्ल भएको बताइन्।

प्रकाशित: १५ माघ २०८० ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App