२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

दीपिका प्रसाईंले गराइन् ‘प्रेगनेन्सी’ फोटोसुट

अभिनेत्री दीपिका प्रसाईँ आमा बन्ने भएकी छन्। फिल्म निर्देशक तथा दीपिकाका पति दिवाकर भट्टराईले उनी आमा बन्न लागेको सार्वजनिक गरेका हुन्।

तस्बिरसंगै दिवाकर लेख्छन्, ‘तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया ! तिमी आमा बन्दै छौं अनि म बाबा। अनि म कति खुसी छु तिमीलाई कति धेरै माया गर्छु यो अनुभूति भन्नलाई यो शब्द अरु अपुरो छ मलाई थाहा छ तिमीले बुझेको छौ यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो माया। जीवनभर तिमीसँगै यसैगरी हिंड्न पाइराखौं यही एउटा चाहना छ। ह्याप्पी न्यु इयर।’

दिवाकर र दीपिकाले ४ वर्षअघि विवाह गरेका थिए।  

प्रकाशित: १६ पुस २०८० ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App