१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

विहेअघि बच्चा जन्माउनु गलत होइन : श्रुति हासन

मुम्बई – बलिउड अभिनेत्री श्रुति हासनले विहेभन्दा पहिला बच्चा जन्माउनु गलत नभएको तर्क गरेकी छन्।

आइतबार आफ्नो ३२औं जन्ददिन मनाइरहेकी श्रुतिले हालै एक अन्तर्वार्तामा आफूले विहेअघि नै बच्चा जन्माउने संकेत गरेकी हुन।

‘मैले अहिले विहेको बारेमा सोचेको छैन्। तर जुन दिन मलाई बुझ्ने जीवनसाथी पाउनेछु तब विहेभन्दा पहिला बच्चा जन्माउन मलाई कुनै संकोच हुनेछैन्,’ उनले भनिन्– ‘मिडिया र समाजले मेरो बारेमा के भन्छ मलाई कुनै फरक पर्दैन्।’

चर्चित कलाकार कमल हासन र सारिकाकी छोरी श्रुति हाल ब्रिटिस कलाकार माइकल कसलेसँग डेटमा छिन्। आफ्ना पिताका फिल्ममा ६ वर्षकै उमेरदेखि गीत गाएकी उनी गायिकाका रुपमा समेत चिनिन्छिन्।

प्रकाशित: १४ माघ २०७४ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App