५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

इन्डियन आइडलमा तहल्का पिट्दै मेनुका, रणवीरले खुट्टा ढोगेपछि झनै चर्चामा

नेपालकी मेनुका पौडेलले भारतीय गायन रियालिटी शो 'इन्डियन आइडल सिजन १४' मा  धमाका मच्चाइरहेकी छिन्।

उनको एक पछि अर्को प्रस्तुतिले जजहरूको मन जितिरहेको छ भने शोका सहभागी हुने विशेष गेष्टहरुको पनि मन जितिरहेको छ।

इन्डियन आइडल सिजन १४ को पछिल्लो शोका अभिनेता रनवीर कपूर र अभिनेत्री  रस्मिका मन्दना विशेष गेष्टको रुपमा पुगेको थिए। त्यस बेला मेनुकाले अगर तुम साथ हो भन्ने गीत गाएकी थिइन्। गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगेर भावुक बने। रनवीरले मेनुकालाई आशीर्वाद लिन चाहेको भन्दै खुट्टा ढोगेका थिए।

अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने मेनुकाको गायकीको पनि तारिफ भइरहेको छ। त्यसो त यसअघिका अन्य शोहरुमा पनि मेनुकाले दिएको प्रस्तुतिले जजहरुका साथै विशेष गेष्टहरु भावुक बन्ने गरेका थिए।

इन्डियन आइडलको सुरुवातीमै मेनुकाले  ‘गोल्डेन माइक’ जितेकी थिइन्।  उनले 'तुम्हारे बिना हमारे कोनो नहीँ' बोलको गीत गाएकी थिइन्। त्यो बेला उनले जजबाट  ‘स्ट्यान्डिङ ओभेसन’ समेत पाएकी थिइन्। 

प्रकाशित: १० मंसिर २०८० ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App