९ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

चिसो मौसममा ‘हट’ क्याटवक

काठमाडौं- मंसिर सकिएर पुषको आगमनसँगै राजधानीको मौसम ह्वात्तै चिसिएको छ । दिवा समयबाहेक बिहान र बेलुकाको समय काठमाडौं चिसिरहँदा गत शुक्रबार बौद्धस्थित हयात रिजेन्सी होटल रातको समयमा पनि निकै तातिरहेको थियो । चिसो मौसमसँग फेसन सोका कार्यक्रममा कमी आइरहँदा यहाँ भने सेलिब्रेटी तथा व्यावसायिक मोडल ¥याम्पमा बिरालो चाल चाल्दै वातावरण तताइरहेका थिए ।
झकिझकाउ स्टेजमा एकपछि अर्काे सिक्वेन्समा मोडल ¥याम्पमा हिँड्दा उनीहरूको हिडाइँलाई नियालिरहेका दर्शकलाई मोडलका पहिरनको आकर्षणले तताइरहेको थियो  । आइइसी कलेज अफ फेसन एण्ड आर्टले आयोजना गरेको ‘आइइसी डिजाइनर्स रनवे सेसन ७’ मा ६ दर्जन मोडलले १३ सिक्वेन्समा ¥याम्प नापेका थिए ।
लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनका नौला तथा सुन्दर डिजाइनमा मोडल आकर्षक बनेका थिए । शोमा अभिनेत्री स्वस्तिमा खड्का, अशिस्मा नकर्मी, मलिना जोशीलगायत सेलिब्रेटी सो टपरको रूपमा थिए । शोमा आइइसी कलेज अफ फेसन एण्ड आर्टमा अध्ययनरत २०१७ मा पास आउट ५१ विद्यार्थीले तयार पारेका विभिन्न १३ थिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजाइन प्रदर्शन गरिएको थियो ।
कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले विद्यार्थीले अध्ययनको क्रममा तयार पारेका आकर्षक पहिरन प्रदर्शन र प्रबद्र्धन गर्न फेशन शो गरिएको बताइन् । सोका लागि नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रवि धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मालगायत निर्णायक रहेको टोलीले अडिसनबाट मोडल छानेको थियो । नेक्स्ट मोडल नेपालले इभेन्ट व्यवस्थापन गरेको प्रतियोगितामा कोरियोग्राफर प्रशान्त ताम्राकारले मोडललाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित: १० पुस २०७४ ०४:१६ सोमबार

मौसममा हट क्याटवक