६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

‘काठमाडौं क्रिएटिभ आर्टस् काउन्सिल’ स्थापना हुने

काठमाडौं महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क)मा छनोट भएसँगै महानगरले फिल्म क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रिएटिभ आर्टस् काउन्सिल स्थापना गर्ने भएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फिल्म क्षेत्रमा आबद्ध जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, फिल्म अध्ययन हुने विश्वविद्यालयबीच समन्वय गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म निर्माण गर्न प्रतिभाहरूलाई प्रोत्साहन गर्न काठमाडौं क्रिएटिभ आर्टस् काउन्सिल (केसिएसी) स्थापना हुने जानकारी दिए।

‘काठमाडौं सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्नेदेखि अनुसन्धानकर्ताका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत तथा कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिने हामीले तयारी गरेका छौं,’ उनले भने, ‘संसारभरका फिल्म निर्माता, लगानीकर्ता तथा वितरकलाई एक्स्पो समिटबाट ल्याएर अन्तर्राष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन्।’

प्रकाशित: १७ कार्तिक २०८० ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App