२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

ढुंगेल, श्रेष्ठ र भट्टराई सम्मानित

पण्डित काशिनाथ उपाध्याय हरिप्रिया वाङ्मय प्रतिष्ठान, धरानले प्राडा पूर्णचन्द्र ढुंगेल, प्राडा दयाराम श्रेष्ठ, प्रा. प्रभा भट्टराईलाई सम्मानित गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सिन्धुली जिल्लाको कुशेश्वर संस्कत विद्यालयलाई पनि सम्मान गरिएको छ।

यसैगरी प्रतिष्ठानले पिण्डेश्वर विद्यापीठ धरानमा अध्ययनरत दुईजना मेधावी विद्यार्थीलाई पनि पुरस्कृत गर्ने जनाएको छ।

कार्यक्रममा प्रा. नारायणप्रसाद शर्मा कट्टेलको कृति ‘जीवन तरंग’ लोकार्पण गरियो। २०६७ सालमा स्थापित वाङ्मय प्रतिष्ठानले यसअघिका ११ वटा कार्यक्रम शृंखला पूर्वाञ्चलका धरान र विराटनगरमा गरिसकेको छ।

संस्थाले प्रारम्भमा पिण्डेश्वर विद्यापीठ धरानमा अध्ययन गर्ने दुई छात्रलाई प्रोत्साहन पुरस्कार प्रदान गरी वार्षिकोत्सव मनाउँदै आएको थियो। २०६८ सालदेखि एकजना र २०७० सालदेखि दुईजना विशिष्ट विद्वान्लाई वाङ्मय पुरस्कार प्रदान गर्दै आएको छ।

यसैगरी संस्थाले काशिनाथ कट्टेलका सहोदर भाइ कमलापति र बुहारी डम्मरकुमारीका नाममा स्थापित पुरस्कार संस्कृत गुरुकुललाई प्रदान गर्दै आएको छ। त्यसैगरी हरिप्रिया प्रतिभा पुरस्कार एकजना छन्दमा काव्य सिर्जना गर्ने कवियत्रीलाई प्रदान गर्दै आएको छ। संस्थाबाट १४ जना विशिष्ट व्यक्तित्व सम्मानित भइसकेका छन्। प्रतिष्ठानले हालसम्म ६ वटा कृति प्रकाशन गरिसकेको छ।

प्रकाशित: ८ आश्विन २०८० ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App