२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

क्यानडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य

नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्नेभएको छ। निर्धारित तालिकाअनुसार अक्टोबर १ मा नेपथ्यले आफूलाई क्यालगरी सहरको ‘दी प्यालेस थिएटर’ मा उभ्याउनेछ। त्यसपछि अक्टोबर ४ मा ब्यान्डको प्रस्तुति भ्यानकुभर सहरको ‘दी भोग थिएटर’ मा हुनेछ। यी दुवै सहर क्यानडाको पश्चिमी भेगमा पर्छन्। यात्राको अन्तिम सो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुनेछ। अक्टोबर ८ मा ब्यान्ड टोरन्टोस्थित ‘म्यासी हल’मा प्रस्तुत हुनेछ।

सन् १८९४ मा खुलेको क्यानडाको म्यासी हल त्यसको सय वर्ष पुग्नै लाग्दा अर्थात् सन् १९८१मा मुलुककै ‘नेसनल हिस्टोरिक साइट’ (राष्ट्रिय ऐतिहासिक स्मारक)मा सूचीकृत भएको थियो। त्यहाँ विश्वविख्यात सांगीतिक समूहहरूले आफूलाई प्रस्तुत गरेको इतिहास छ।

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशका २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ।

 क्यानडाका तीनवटै सहरमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समयअनुसार बेलुकीको पाँच बजे प्रवेश खुला हुनेछ भने सात बजे कन्सर्ट सुरु हुनेछ। अनलाइनबाट टिकटको बिक्री व्यवस्थापन भइरहेको यात्राका सबै कन्सर्टमा विद्यार्थी समूहका निम्ति विशेष छुटको व्यवस्था पनि गरिएको आयोजकले जनाएका छन्।  

प्रकाशित: ६ आश्विन २०८० ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App