५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

निर्माता बन्दै राज कटुवाल, फिल्म 'मायावी' मा जोडिए

अभिनेता समेत रहेका राज कटुवाल फिल्म 'मायावी' मा निर्माताको रुपमा जोडिएका छन्।

‘मायावी’को निर्माणमा निर्देशक दिवाकर भट्टराई र राजले सहकार्य गर्ने भएका छन्। अभिनेता राज कटुवाललाई मोडल तथा अभिनेताको रुपमा चिनिन्छ। उनले फिल्म 'लीला' र 'लालटिन' मा अभिनय गरिसकेका छन्।

प्रेमकथा रहने फिल्म मायावीका लागि यसअघि नै मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन्। अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् भने समिमले यो फिल्मबाट डेब्यू गर्दैछन्।

फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन्।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका बाँकी कलाकार र प्राविधिकको सम्पूर्ण जानकारी दिर्दै निर्माणपक्ष असोज २ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको छ। फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ।

फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ। पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माण पक्षले जानकारी दिएको छ।

प्रकाशित: २८ भाद्र २०८० ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App