२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

परिणाम

कविता

जब उसलाई

दुनियाँले पागल भन्यो!

उसैका आफ्ना भन्नेहरूलाई  

पर्नु पिर पर्‍यो।

यो आरोप मेटाउन

उसलाई

आफ्नाहरूले धामीझाँक्री

र,

डाक्टरसँग जँचाए

परिणाम!

सबल,सक्षम र स्वस्थ रहेको  

प्रमाणीकरण भयो

धेरैपछि उसलाई आफ्नाले नै

पागल भने!

मर्माहत भएर

ठाउँका ठाउँ ऊ ढल्यो!

यो देखेर दुनियाँ आयो

उसलाई उठायो

जाँचपडताल गर्‍याे

अस्पताल पुर्‍यायो

विभिन्न विशेषज्ञ/डाक्टरसँग देखायो

परिणाम!

डाक्टरले भन्यो:

दार्शनिक र दैवी स्वभावको

यो त मान्छेको स्वरूपको

महामानव हो!

हो भगवान!!

तर,

आफ्नाले स्वीकारेनन्

केही समयपछि

उसले आत्महत्या गर्‍याे

जहाँ  

ऊ विसर्जित भयो

पछि सोही स्थानमा  

उसको सालिक बन्यो

आजकल!

दुनियाँ उसको सालिक पुज्दै छन्

आफ्नाहरू सालिक वरपरका  

भेटी बटुल्दै छन्!!

-आकाश अधिकारी

प्रकाशित: २३ भाद्र २०८० ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App