ललितपुर, टीकाभैरवको एउटा परिवारले बोकेको दुई दशकको पीडा सायद धेरै नेपालीको विस्मृतिमा गइसकेको छ। दुई दशकअघि इराकमा मारिएका युवा र तिनका परिवारको सपना टुटाउने त्यो घटना नेपाली राजनीतिक इतिहासको एउटा गम्भीर मोड पनि हो।
देशले बिर्से पनि त्यो घटनालाई परिवारले बिर्सन सकेका छैनन्। भोग्नेका पीडा मुटुभरि छन्। मन नलागी नलागी छोरालाई विदेश पठाएदेखिकै अवसादलाई मृत्युले झन् गहिरो बनाइदिएको हो।
इराकी आतङ्ककारी समूह अन्सर अल सुन्नाले २०६१ भदौ १५ मा हत्या गरेका १२ नेपालीमध्ये एउटा नाम थियो-टीकाभैरवका रमेश खड्का, वर्ष १९। त्यो बेलाकी हट्टाकट्टा रमेशकी आमा आज सबैभन्दा कमजोर देखिएकी छिन्। छोराको सम्झनाले ती सुकिसकेकी छिन्। नारायणगोपालले गाएको यही गीत जस्तो छ उनको जिन्दगी-सल्लाझैं आमा सुसाइरहिन् एकलै...!
‘जुन दिन माटोमाथि हिँड्न छोडिन्छ, त्यही दिनबाट छोराको सम्झना आउन छोड्छ,’ इराक घटनामा मारिएका रमेशकी आमा राधिका भन्छिन्, ‘सास रहुन्जेल याद ताजै हुन्छ।’
त्यो घटना सम्झिँदै आमा राधिका भन्छिन्, ‘उसका दाँतका पंक्ति मिलेका थिए। हँसिलो मुहारमा ठुलाठुला आँखाले परिवारलाई भारी माया देखाउँथ्यो। मिलेको जिउडाल, अग्लो, गहुँगोरो वर्णसँगै कमलो मन थियो। त्यो सारै सोझो थियो।’
आफ्ना छोराछोरी योग्य बनून् भन्ने इच्छा हरेक आमाबाबुको हुन्छ। छोराछोरीले परिवारको हेरचाहसँगै समाजको पनि रेखदेख गरून् भन्ने आशा आमाबाबुमा हुन्छ। भनिन्छ–जब बाबुको मृत्यु हुन्छ, तब आमाले छोरालाई टेक्ने लौरोका रूपमा हेर्छिन् भने छोरीलाई सहारा।
राधिकाका ३ छोरी, ४ छोरामध्ये रमेश घरका साहिँला थिए। घटना सम्झँदै राधिका भन्छिन्, ‘बेलाबखत म घरबाट कहीं निस्कँदा छोराले छिटो आउनू भन्थ्यो। म बाहिरबाट घर आउँदाको क्षण छोरालाई दशैं आएजतिकै हुन्थ्यो। घर आउन ढिला भइहालेछ भने मलाई खोज्दै गाउँ डुल्थ्यो। सन्तानको भिडमा रमेश निकै भिन्न थियो।’
देशले बिर्से पनि त्यो पीडादायी मरणलाई परिवारले बिर्सन सकेका छैनन्। भोग्नेका पीडा मुटुभरि छन्। मन नलागीनलागी छोरालाई विदेश पठाएदेखिकै अवसादलाई मृत्युले झन् गहिरो बनाइदिएको हो।
आमा भन्छिन्, ‘त्यो साल भदौ १५ गते मेरो जीवनमा एकाएक ठुलो आँधीहुरी आएको थियो। त्यो दिन के भयो, आज पनि थाहा छैन। कैयन् दिन र रात सधैं अँध्यारा छन्। त्यो दिनबाट हराएको साहस र शक्ति अझै फिर्ता भएको छैन।’
रमेशका दुई दाजुको विवाह भइसकेको थियो। उनी एक्लै थिए। रमेशको परिवारमा खुसीको रौनक छुट्टै थियो। सासू, बुहारी, नन्द र देवर सबै मिलेको यस्तो संयुक्त परिवार बिरलै पाइन्थ्यो। पारिवारिक एकताकै कारण गाउँमा यी सबैको इज्जत थियो। ‘भाउजूहरूले काम गरेको देख्नै नहुने, गएर सघाउने गथ्र्यो। बच्चादेखि बुढासम्मलाई माया गर्ने उसको साहै्र राम्रो बानी थियो। कसैको कुभलो नचिताउने उसका आँखाले सबैलाई बराबर देख्थ्यो,’ रमेशकी आमाले भावुक हुँदै भनिन्, ‘त्यस्तो मान्छे नै भगवान्को पनि प्यारो भयो। स्कुलबाट आउनेबित्तिकै काखमा लुटुपुटु गर्दै घरको काम केके छ आमा भन्दै सोध्ने गरेको हिजोझैं लाग्छ।’
उसको चञ्चलपन र परिवार सबैलाई माया गरेको आमाका आँखामा अझै झल्झली छ। आँखाबाट छोराका निम्ति बगेका आँसुसँगै सम्झना बगेर गएका छैन। खड्का परिवारमा भाउजूहरूलाई रमेशले आमाको दर्जा दिने गर्थे। उनी परिवारमा असल र मिलनसार थिए। रमेशले परिवारलगायत भाउजूहरूलाई दिएको सम्मान सम्झिँदै माहिली बुहारी अर्थात् रमेशकी भाउजू देवकीले आमाको दर्जा पाएकोे अनुभव सुनाइन्।
‘म बिहे गरी आएलगतै बुहारीको होइन्, छोरीको स्थान पाएकी छु अनि देवरले मलाई गर्ने माया आमालाई गर्नेभन्दा कम थिएन। अहिले देवर हामी माझ हुनुहुन्न तर पनि उहाँको मायाले अझै सताउँछ,’ देवकीले भनिन्, ‘सपनामा अझै देख्छु, बिरामी पनि भइरहन्छु।’
उनी थप्छिन्, ‘दाजुभाइमध्येकै प्यारो हुनुहुन्थ्यो। उहाँको कसैसँग नराम्रो थिएन। मैले सुत्केरी हुँदा श्रीमान्बाट के माया पाएँ होला र? देवरबाट त्यस्तो माया मिलेको थियो। उहाँ स्कुलबाट घर फर्किंदै गर्दा बाटोमा हामीलाई घाँसको भारी भोकेको देख्नै नहुने, भाउजू म बोक्छु तपाई यो स्कुल ब्याग बोकिदिनू भन्नुहुन्थ्यो।’
आमा भन्छिन्, ‘त्यो साल भदौ १५ गते मेरो जीवनमा एकाएक ठुलो आँधीहुरी आएको थियो। त्यो दिन के भयो, आज पनि थाहा छैन। कैयन् दिन र रात सधैं अँध्यारा छन्। त्यो दिनबाट हराएको साहस र शक्ति अझै फिर्ता भएको छैन।’
छोराका लागि आमा सर्वस्व हुन्। ती देवी र शक्तिकी अजस्र स्रोत पनि। बिहानीको सुरुवातमा राधिका छोराछारीको अनुहार हेरेरै अघाउँथिन्। आमाले खाना नखाँदा रमेशले पनि खान्न भनी घुर्की लगाउँथे। आमा रमेशको बाल्यकाल सम्झिन्छन्, ‘म ढिलो सुत्छु भनेर तपाईंबिना मलाई निद्रा लाग्दैन भन्दै मलाई जबर्जस्ती सुत्न बाध्य बनाउँथ्यो। काममा जाँदा छिटो आउनु है भनी बाटो हेरेर बस्ने उसको बानी थियो। म बिरामी हुँदा निरास अनुहार बनाउँदै मेरो छेउमा आएर सुत्थ्यो। हाँस्दा हाँसिदिने, रुँदा रोइदिने। त्यस्तो स्वभावको थियो। तर, जीवनको अन्तिम घडीसम्म उसको साथ पाउन लेखेको रहेनछ।’
‘ठेस लागेर लड्न खोज्दा परिवारको सहारा बनिदिने। यात्रा गरिरहेको बाटोमा भएका तारका बारहरू पन्छ्याइदिने। आँखाको आँसु पुछिदिने। एक्लो भएको आभास हुँदा म छु नि भनी सहारा दिने गर्थ्याे। थाहा छैन, कुन जुनीको पाप थियो, भगवान्ले क्षणिक समयमै हामीबाट खोसेर लगे। उसको माया, विश्वास, साथ, मुस्कानले परिवार, समाज र साथीभाइलाई अझै सताइरहेको छ,’ रमेशका बाबु बलरामले भने।
रमेशलाई परिवारले डेड लाख रूपैयाँ ऋण लिएर पठाएको थियो। २०६१ असार १९ गते उनी घरबाट बिदा भई जोर्डनका लागि निस्किएका थिए। ‘केही दिनअघि मात्रै थाहा भयो, देवर जोर्डन जाने कुरा। आमा बुबाको रहर थिएन छोरालाई विदेश पठाउने। विदेश जाने क्रममा आमाबुबासँगै भतिजीको फोटो पनि ठुलो फ्रेममा बनाएर ब्यागमा प्याक गरेका थिए,’ त्यो पललाई स्मरण गर्दै देवकी भन्छिन्, ‘उहाँले भतिजीलाई साह्रै माया गर्नुहुन्थ्यो। विदेश जाने भन्दै ढोकाबाट निस्कँदा देवरका आँखाभरि आँसुको धारा लाग्दै थियो। घरबाट निस्किएका देवर ओझेल नपरुन्जेल सबै सदस्यलाई एकएक नियाल्दै फर्कीफर्की हेरिरहन्थे। आखिर घर नर्फिनुरहेछ।’
त्यो बिदाइ नै अन्तिम भयो। रमेशको सपना आफ्नो परिवारलाई सुखले राख्ने र राम्रो घर ठड्याउने थियो। घर नफर्किएका उनी मात्र थिएनन्, उनी लगायत १२ नेपालीले इराकमा ज्यान गुमाउनुपरेको थियो।
‘ठेस लागेर लड्न खोज्दा परिवारको सहारा बनिदिने। यात्रा गरिरहेको बाटोमा भएका तारका बारहरू पन्छ्याइदिने। आँखाको आँसु पुछिदिने। एक्लो भएको आभास हुँदा म छु नि भनी सहारा दिने गर्थ्याे। थाहा छैन, कुन जुनीको पाप थियो, भगवान्ले क्षणिक समयमै हामीबाट खोसेर लगे। उसको माया, विश्वास, साथ, मुस्कानले परिवार, समाज र साथीभाइलाई अझै सताइरहेको छ,’ रमेशका बाबु बलरामले भने।
२०६१ असारमा उनीलगायत १२ नेपाली खाना पकाउने तथा सरसफाइ कामका लागि भनी प्रह्लाद गिरीको नेतृत्वमा काठमाडौंमा सञ्चालित मुनलाइट म्यानपावरद्वारा जोर्डनका लागि भनेर बिदेसिएका थिए।
उनीहरूलाई जोर्डन भनी झुक्याएर इराक पुर्याइएको थियो। इराकी आतङ्ककारी समूह अन्सर अल सुन्नाले ती नेपालीलाई अपहरण गरेका थिए। कामका लागि बिदेसिएका ती नेपाली एकाएक इराक पुगे। उनीहरू आफ्नो ज्यान जोगाउन नेपाल सरकारसँग सहयोगको अपिल गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिर आएको थियो।
१९ वर्ष अगाडि आजकै मिति अर्थात् भदौ १६ गते नेपालको इतिहासमा एउटा अकल्पनीय घटना थियो। करिब दुई दशकअघि भएको हत्यालगत्तै भिडियो इन्टरनेट अहिलेको भाषामा ‘भाइरल’ भयो। अहिलेजस्तो इन्टरनेटको सहज पहुँच थिएन। मोबाइल फोन पनि कमैले प्रयोग गर्ने गर्थे।
त्यसरी बन्धकमा रहेका सबैले भिडियोमार्फत मलिनो स्वरमा नेपालको प्रह्लाद गिरीले हामीलाई फसाएको हो। ‘पहिला उसले हामीलाई ओमान (जोर्डन) मा डेढ महिना राखेपछि नेपाल जान खोज्दा पनि नेपाल जान दिएन। भोलि भोलि भन्दाभन्दै इराक पठायो। इराक पठाउँदाखेरि आज हामीलाई बीच बाटोमा पक्रेर मार्दै छ। त्यसैले गर्दा यो हाम्रो अन्तिम भेट हो,’ इराकमा बन्धकमा परेका १२ नेपालीले भने।
प्रह्लाद गिरीलाई कडा कारबाही गर्नुहोला भन्ने उनीहरूको अन्तिम माग पुकार गरेका थिए। अरबी टेलिभिजन अलजजिराबाट बन्धक बनाइएका नेपालीहरूका आर्तनाद सार्वजनिक भएको थियो। त्यसको दुई दिनपछि भदौ १६ गते नेपाल टेलिभिजनले अलजजिरामा आएकै बन्धकहरूको आर्तनाद र जीवनरक्षाको पुकारलाई प्रसारण गरेको थियो।
धेरै नेपालीले साइबर गएरै हेरेको त्यो भिडियो क्षणभरमै सर्वत्र फैलियो। बर्साद सकिएर चाडबाडतिर अघि बढिरहेको त्यो समय कालो दिन बनेर आयो। सामान्य नेपाली परिवारका १२ थुँगा फूल मात्र त्यो घटनाले चुँडेन, नेपाललाई नै खरानी बनाउने दुष्प्रयासको बिज बन्यो त्यो घटना।
त्यो दिन १२ निर्दोष युवाको घाँटी रेटिएको थियो। त्यस घटनाविरुद्ध नेपाल आक्रोशित थियो। देशले नागरिकलाई रक्षा गर्न नसकेको भन्दै सर्वसाधारणले सरकारको चर्को आलोचना गरेका थिए। समाचारसँगै स्वतःस्फूर्त रूपमा मानिसहरू सडकमा ओर्लिएका थिए। निर्दाेष युवाहरूको हत्याको विरोधमा मानिस सडकमा आउनु स्वाभाविकै थियो तर सडकमा ओर्लिएको त्यो भिडले अकल्पनीय क्षति मात्रै गरेन, भिडले उग्र रूप लियो। सरकारलाई नियन्त्रण गर्न करिब ८ घण्टा लागेको थियो। निषेधाज्ञा लागु भएपछि मात्र घटना नियन्त्रणमा आएको थियो।
१९ वर्ष अगाडि आजकै मिति अर्थात् भदौ १६ गते नेपालको इतिहासमा एउटा अकल्पनीय घटना थियो। करिब दुई दशकअघि भएको हत्यालगत्तै भिडियो इन्टरनेट अहिलेको भाषामा ‘भाइरल’ भयो। अहिलेजस्तो इन्टरनेटको सहज पहुँच थिएन। मोबाइल फोन पनि कमैले प्रयोग गर्ने गर्थे।
म्यानपावर, मिडिया, हवाई सेवा कार्यालय, कतार एअर, पिआइएलगायतका विदेशी हवाई कम्पनी त्यो उग्र भिडको निसानामा परे। भिडको निसानामा मुस्लिम समुदाय पनि परेको थियो। तिनका निजी घरमा समेत तोडफोड भएको थियो।
खासगरी सहरी क्षेत्र तनावग्रस्त हुन पुग्यो। जनधनको ठुलो क्षति हुन पुग्यो। जुन भिड नियन्त्रण गर्ने नाउँमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको थियो भने ९९ जना घाइते भएका थिए। उपत्यकासहित बाहिरका जिल्लामा भड्किएको हिंसाबाट एक अर्बभन्दा बढीको क्षति गरेको थियो।
सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनअनुसार इराकमा नेपाली मारिएको घटनाको प्रतिशोधस्वरूप राजधानीमा भएको उक्त आन्दोलनबाट कूल १ अर्ब २ करोड क्षति भएको थियो। प्रहरीको प्रतिवेदनबाट ८६ करोड १२ लाख क्षति भएको तथ्यांक छ।
म्यानपावरका बोर्ड रहेका सबैजसो कार्यालयमा तोडफोड भएको थियो। म्यानपावरहरूबाट पासपोर्ट निकालेर सडकमा प्रदर्शनसमेत भएको थियो। आन्दोलनकारीहरूले दरबारमार्गमा रहेका दुवै मस्जिद तोडफोड गरेका थिए भने बागबजार क्षेत्रमा रहेका मुस्लिम समुदायका पसलहरू पनि लुटपाट गरेका थिए।
त्यो हिंसा अहिले पनि सम्झिँदा शरीर काँपेर आउँछ। त्यस्तो कहालीलाग्दो हिंसाले जो कोहीलाई अझै पनि तर्सान्उँछ। ती दृश्यले सबैलाई अझै हरेक वर्ष झस्काउने गरेको छ।
‘देश कमजोर भएपछि जनताको कसरी सुरक्षा हुन्छ र ? इराकमा १२ नेपालीको मरण हुँदै छ भन्ने सारा संसारलाई थाहा थियो तर उद्धार कार्य केही थिएन। अन्य देशका नागरिक हुन्थे भने एक कल फोनको भरमा आफ्ना नागरिकलाई उद्धार गर्ने गरेका छन्,’ रमेशका बुबा बलराम भन्छन्, ‘दिनरात बित्दै गयो, ऋतुहरू फेरिँदै गए। आज २० वर्ष लाग्यो तर सरकारको ध्यान यसमा छैन।’
इराकमा मारिएका १२ नेपालीले प्रह्लाद गिरीलाई कारबाहीको अपिल गरेको थिए। ‘नेपाली नागरिकलाई लैजाने मानव तस्कर गिरीलाई राज्यले कारबाही गर् यो होला ?’ रमेशका बुबा प्रश्न गर्छन्।
म्यानपावर, मिडिया, हवाई सेवा कार्यालय, कतार एअर, पिआइएलगायतका विदेशी हवाई कम्पनी त्यो उग्र भिडको निसानामा परे। भिडको निसानामा मुस्लिम समुदाय पनि परेको थियो। तिनका निजी घरमा समेत तोडफोड भएको थियो।
कामका लागि भनेर सोझा नेपालीलाई विदेश पठाउने र दलालको फन्दामा पार्ने काम झन् तीव्र भएको छ। तिनैबाट प्राप्त रेमिट्यान्सले देश भरिभराउ भएको छ। खाडी मुलुक गएका श्रमिक नेपालीहरूको दुःख र पीडाका कथाव्यथा अहिले पनि जिउ सिरिंग पार्ने खालका छन्।
विदेशबाट दिनहुँ बाकसमा बन्द भएर शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्छन् र मृतकका प्रियजनले रुँदै शवमा अँगालो हालेको दृश्यले मन भक्कानिन्छ। यस्तो अवस्थामा सरकारको जिम्मेवार हुने कि नहुने? रमेशका बुबाले गुनासो गरे।
आफ्नो एउटा छोराको हत्या भए पनि बाँकी तीन भाइलाई सरकारले केही गरिदिएको भए हुन्थ्यो भन्ने आग्रह रमेशका पिता बलरामको अहिले पनि छ। रमेशसहित मारिएका अन्य १२ जनामा धनुषाका सञ्जयकुमार ठाकुर, बुधनकुमार शाह, ललनसिंह कोइरी र मनोजकुमार ठाकुर थिए। त्यस्तै रोल्पाका झोकबहादुर थापा, गोरखाका जितबहादुर थापा, धनकुटाका मंगलबहादुर लिम्बु, लमजुङका विष्णुहरि थापा, खोटाङका राजेन्द्रकुमार श्रेष्ठ र झापाका प्रकाश अधिकारी थिए।
कामका लागि भनेर सोझा नेपालीलाई विदेश पठाउने र दलालको फन्दामा पार्ने काम झन् तीव्र भएको छ। तिनैबाट प्राप्त रेमिट्यान्सले देश भरिभराउ भएको छ। खाडी मुलुक गएका श्रमिक नेपालीहरूको दुःख र पीडाका कथाव्यथा अहिले पनि जिउ सिरिंग पार्ने खालका छन्।
केही घटनालाई बिर्सन खोजेर पनि बिर्सिइँदैन। भदौ १६ को त्यो भयानक दिन रमेशजस्तै युवाको अनाहकको मरणका कारण आएको थियो।
प्रकाशित: १६ भाद्र २०८० ०२:१२ शनिबार