२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मुक्तककार शर्मिला कार्की ‘शरू’ को ‘पर्वतकिन्नरी’ लोकार्पण

मनोहरा साहित्य समाजले असीऔं काव्य शृंखलाको अवसर पारेर शर्मिला कार्की ‘शरू’ को मुक्तकसंग्रह ‘पर्वतकिन्नरी’ लोकार्पण गरेको छ।

वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्य तथा मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पौडेल, सभाध्यक्ष अर्याल, समालोचक/कवि कृष्ण प्रधान लगायतले कृतिको लोकार्पण गरेका थिए।

संस्थाका सचिव भावकेशर बरालले सञ्चालन गरेको कार्यक्रममा कृष्ण प्रधानले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए।

मुक्तकार कार्कीले मनोहरा साहित्य समाज, समाजका सदस्यहरू तथा सम्पूर्ण सहभागीलाई धन्यवाद अर्पण गरेकी थिइन्।

कार्यक्रममा ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्की, ज्येष्ठ नागरिक समाजका अध्यक्ष वसन्तराज कार्की, गीतकार रमेश कार्की र पत्रकार दामोदर न्यौपाने र कृष्ण मर्सानीले शुभकामना मन्तव्य दिएका थिए।

सभाध्यक्ष डिल्लीराज अर्यालको स्वागत मन्तव्यकाे साथै एक श्लोक कविता वाचनबाट उदघाटन गरिएको रचना वाचनमा रचना दाहाल, भोजराज मुखाले, रवीन्द्र आशीष, पार्वती भट्ट, शम्भु गजुरेल, निर्मलरमण पराजुली, टीएन भट्ट विश्वामित्र, रुद्र अधिकारी, गणेश खतिवडा, बुद्धिसागर पौडेल, रत्ननिधि रेग्मी, भुवन शिवाकोटी चौघरे, लीलाराज दाहाल, मधुसूदन लामिछाने, अप्सरा पोख्रेल, दिल पौडेल, नूरदेव खनाल, रमेश कार्की लगायतले रचना वाचन गरेका थिए।  

प्रकाशित: १० भाद्र २०८० ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App