२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

निबन्धकार ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ विमर्श

निबन्धकार ज्ञानु अधिकारीको आत्मपरक निबन्धसंग्रह ‘संवेदनाको समायोग’ को विमर्श भएको छ। विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सभापति र प्रमुख अतिथिबिनै दुई चरणमा कार्यक्रम भएको थियो।

कार्यक्रमको पहिलो चरणमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला, सरस्वती सरस र सुधा शर्माले पाठकीय प्रतिक्रियाका रूपमा पठन अनुभूति व्यक्त गरेका थिए। यस कार्यक्रमको सञ्चालन महेश क्षितिजले गरेका थिए।

यसैगरी दोस्रो सत्र विमर्श ‘संवाद’ मा वक्ताका रूपमा त्रिविका उपप्राध्यापक कुमारी लामा र डा. अशोक थापाले  ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’का निबन्धहरूबारे गम्भीर बहस गरेका थिए। यस सत्रको सहजीकरण पत्रकार राजकुमार बानियाँले गरेका थिए।

पाठकीय प्रतिक्रियाको साथ भएको यस बहसमा पुस्तकको रचना, शिल्प, शैलीभन्दा महिला र पुरुषवादको बढी चर्चा भए पनि सहजकर्ता र सबै वक्ताले निबन्धकार अधिकारीका निबन्धहरूमा पाठकहरूको मनमस्तिष्क हल्लाउने सामर्थ्य भएको र आत्मपरक निबन्धको क्षेत्रमा उक्त कृति विशिष्ट भएको बताए।

कार्यक्रममा निबन्धकार ज्ञानु अधिकारीले उठेका प्रश्नहरूको उत्तर दिंदै ‘समालोचना र निबन्ध फरक विधा भएको र निबन्धहरूमा आफू स्वतन्त्र भएर पोखिएको बताइन्।

प्रकाशित: १० भाद्र २०८० ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App