२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

यस्तो पो अपराधबोध!

यस्तो पनि!

ओपनहाइमर

यतिबेला हलिउडको फिल्म ओपनहाइमरको निकै चर्चा छ। फिल्मको एउटा दृश्यमा जब वैज्ञानिक ओपनहाइमर ६ अगस्त १९४५ मा हिरोसिमामा बिष्फोट गरिएको अणुबमका कारण लाखौँ मरेको खबर आइपुग्छ, अपराधबोधले उनलाई दुःख दिन्छ।

सोही अवधिमा राष्ट्रपति ट्रुम्यानले उनलाई भेटका लागि बोलाउँछन्। भेटमा उनले आफूले मानव जातिका लागि अपराध गरेको बताउँछन्। जवाफमा ट्रुम्यानले यसको जवाफ इतिहासले ओपनहाइमरसँग होइन, राष्ट्रपतिसँग माग्ने भएकाले चिन्ता नगर्न बताउँछन्।

उनी भन्छन्–बम बनाउने आदेश कसले दियो? मैले। खसाल्ने आदेश कसले दियो? मैले। जवाफ कसले दिनुपर्छ? मैले।

उनी भन्छन्–बम बनाउने आदेश कसले दियो? मैले। खसाल्ने आदेश कसले दियो? मैले। जवाफ कसले दिनुपर्छ? मैले।

यो त प्राविधिक जवाफ भयो, नैतिक जवाफ कति खतरनाक हुन्छ भन्ने उदाहरण अणुबम खसाल्ने अमेरिकी हवाई सेनाका अधिकारी क्लाउड रोबर्ट अथर्लीको जीवनबाट प्रष्टिन्छ।

अणुबम खसाल्ने पूरापूर टोली ९० जनाको थियो। क्लाउडले हिरोसिमामा बम खसाल्न आवश्यक वातावरण गज्जबको रहेको सूचना दिएका थिए। यसपछि जुन बम खसालियो, त्यसले पूरै सूर्य हिरोसिमामा पोखिएको महसुस भयो। हजार डिग्री सेल्सियसको आगोमा हिरोसिमाका सारा चिज जल्यो। जल्न बाँकीहरूको जीवन क्रमशः क्रमशः खरानी भयो।

जब तीन महिनापछि यो खबर अमेरिकामा विस्तारपूर्वक टेलिभिजन र अखबारमा छापियो, अथर्लीलाई यसको अपराधबोधले दुःख दिन थाल्यो। यसबाट उम्कन उनले कैयौँ पटक थेरापी लिनुपर्‍यो। यतिले चित्त नबुझेर उनले आफैँलाई सजाय दिन थाले। कहिलेकाहीँ पसलहरूमा छिरेर चोरी गर्थे ताकि सजाय पाइयोस्। मानिसले कुटून्। तर जब प्रहरीले पक्राउ गरेर अदालत पुर्‍याउँथ्यो, प्रख्यात व्यक्ति भएका कारण र अमेरिकी नायक मानिएका कारण उनलाई सजाय दिइँदैनथ्यो।

अणुबम खसाल्ने पूरापूर टोली ९० जनाको थियो। क्लाउडले हिरोसिमामा बम खसाल्न आवश्यक वातावरण गज्जबको रहेको सूचना दिएका थिए।

यसपछि उनले कैयौँ पटक आत्महत्याको प्रयास गरे तर सकेनन्। सन् १९७८ जुलाई १ मा क्यान्सरका कारण उनको निधन भयो।

केही मान्छे यति संवेदनशील हुन्छन् कि देशका लागि कर्तव्य गर्दा पनि अपराधबोधबाट पीडित हुन्छन्।

प्रकाशित: २५ श्रावण २०८० ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App