२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

असली प्रमिथस को?

यस्तो पनि!

क्लाउस फुच

दोस्रो विश्वयुद्धताका हिटलरले अणुबम बनाइसक्न लाग्यो भन्ने आशंकाका साथ अमेरिकाले ‘प्रोजेक्ट मेनह्याटन’ नाम दिएर अणुबम बनाउने कार्य शुरु गरेको थियो। त्यसको अगुवाई जे रोबर्ट ओपेनहाइमरले गरेका थिए।

जब ओपनहाइमरले अणुबम बनाएर सफल परीक्षण गरे, ‘प्रोजेक्ट मेनह्याटन’मा बेलायतका तर्फबाट संलग्न वैज्ञानिक क्लाउस फुचले तात्कालिन सोभियत रूसलाई ५७० पृष्ठको सूत्र जिम्मा लगाए। रूसले सोही सूत्र पढेर बनाएको अणुबमलाई सन् १९४९ मा कजाकस्तानमा परीक्षण गर्‍यो।

यो अणुबम बनाउन अमेरिकी कंग्रेसले दुई अर्ब डलर (अहिलेको हिसाबमा २१ अर्ब डलर नेपाली रूपैयाँमा २७ खर्ब ६१ अर्ब २६ करोड २७ लाख) खर्चिएको थियो।

जर्मनीमा जन्मिएका क्लाउस हिटलरविरोधी थिए। उनलाई हिटलर समर्थकहरूले मरणासन्न हुने गरी कुटेर मर्‍यो भन्ने ठानी नालीमा फ्याँकिएको थियो। साथीहरूले उनलाई उद्धार गरी सन् १९३३ ताका लुसुक्क बेलायत पठाएका थिए। प्रख्यात वैज्ञानिकका रूपमा उनले ख्याति कमाएसँगै बेलायती सरकारको विश्वास जिते। त्यही विश्वासका आधारमा उनी प्रोजेक्ट मेनह्याटनमा सहभागी बने।

यो अणुबम बनाउन अमेरिकी कंग्रेसले दुई अर्ब डलर (अहिलेको हिसाबमा २१ अर्ब डलर नेपाली रूपैयाँमा २७ खर्ब ६१ अर्ब २६ करोड २७ लाख) खर्चिएको थियो।

अणुबम बनाउनेबारे जब चर्चिल र रूजबेल्टबीच सहकार्यको सहमति भयो, यसमा रूसलाई सहभागी गराइएको थिएन। यसमा कम्युनिस्ट समर्थक बुद्धिजीवीहरूले चित्त दुखाएका थिए।

अणुबमको सूत्र फुचले चुहाएको पत्ता लगाइएपछि एमआई फाइभले उनलाई सन् १९५० मा पक्राउ गर्‍यो। देशविरुद्धको षडयन्त्र अभियोगमा उनले १४ वर्ष सजाय भए पनि नौ वर्ष जेलमा बिताए। उनलाई कम्युनिस्ट पक्षधरहरूले सधैँ नायकका रूपमा माने।

ओपेनहाइमरलाई अणुबमका पिता मानिन्छ। उनलाई त ‘अमेरिकन प्रमिथस’ भन्नेहरूले सोही नाउँमा जीवनीसमेत लेखेका छन्। यता फुचलाई गैर कम्युनिस्टहरूले खलनायक मान्छन्।

कम्युनिस्ट र सोभियत पक्षधरहरूले भने असली मिथकीय पात्र ‘प्रमिथस’का रूपमा फुचलाई मान्छन् किनभने अणुबम बनाएर ओपेनहाइमरले अमेरिकालाई मात्र शक्तिशाली बनाए। उनको अणुबम जापानमा प्रहार गरी लाखौँको ज्यान लिइयो।

अणुबमको सूत्र फुचले चुहाएको पत्ता लगाइएपछि एमआई फाइभले उनलाई सन् १९५० मा पक्राउ गर्‍यो। देशविरुद्धको षडयन्त्र अभियोगमा उनले १४ वर्ष सजाय भए पनि नौ वर्ष जेलमा बिताए। उनलाई कम्युनिस्ट पक्षधरहरूले सधैँ नायकका रूपमा माने।

उनले संसारलाई असुरक्षित पारे तर फुचले त्यो सूत्र रूसलाई दिएर संसारलाई शक्ति सन्तुलनको अवस्थामा पुर्‍याएको तत्कालीन पूर्वी जर्मनीका महाजासुस मार्कस वुल्फले आफ्नो संस्मरणमा लेखेका थिए।

फुचले जेल सजाय भोगिसकेपछि पनि भौतिकशास्त्रमा योगदान जारी राखेका थिए। सन् १९८८ मा ७६ वर्षको उमेरमा उनको निधन भयो।

प्रकाशित: २२ श्रावण २०८० ००:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App