१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

मनाइयाे आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती (तस्बिरहरू)

तस्बिरः प्रसन गुरूङ/ नागरिक

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१०औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएकाे छ। 

नेपाल साहित्यमा अमुल्य योगदान पुर्याएका राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ।  

उनले संस्कृत भाषामा लेखिएको रामायाणलाई नेपाली भाषामा   भावानुवाद गरेका थिए। यस्तै ‘बधुशिक्षा’  ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, उनका उत्कृष्ट कृति हुन्।  

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । 

यसै अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पनि भनुभक्त जयन्ती मनाएकाे छ। यस अवसरमा प्रतिष्ठान परिसरमा रहेकाे भानुभक्तकाे प्रतिमामा माल्यार्पण गरिएकाे थियाे।

तस्बिरहरूः

 

प्रकाशित: २९ असार २०८० ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App