८ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला

फाइल तस्वीर

काभ्रेपलाञ्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ। धुलिखेलस्थित शिखलापुर बाँसुरी धे-धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो।

मेलामा विभिन्न जिल्लाका १३ समूहबीच बाँसुरी धुन प्रतिस्पर्धा हुने धेलेका संस्थापक अध्यक्ष अरविन माकाजुले बताए। प्रतियोगितामा काभ्रेपलाञ्चोकको तीन समूह धुलिखेल खड्पु, बेथानचोक र पनौती बाँसुरी वाद्यबाधक तथा भक्तपुरको चार समूह, काठमाडौंका पाँच समूह र ललितपुरको एक समूहले सहभागिता जनाउने भएका छन्।

धुलिखेल-७ स्थित नारायणस्थान लाछीमा आयोजित उक्त प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई १५ हजार रुपैयाँ र प्रमाणपत्र तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ  पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएका छन्। सो अवसरमा देवगण र दैत्यनाच तथा साङ्गीतिक प्रस्तुति समेत हुने बताइएको छ।

धुलिखेललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, संस्कृति तथा सम्पदाको थलोका रूपमा चिनाउन तथा धुलिखेलको भित्री बस्तीलाई उजागर गर्न सो प्रतियोगिताको आयोजना गरिएको हो। बाँसुरी बाजाको महत्व बुझाउन प्रतियोगिताबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ असार २०८० ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App