काठमाडौं- मुन्द्रेको नामले समेत चिनिे जितु नेपालले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका छन्। अर्का हास्य कलाकार राजा राजेन्द्रले गाएको 'पिरतीको चश्मा' बोलको गीतका लागि मुन्द्रेल मोडलिङ गरेका हुन्। जितुले राजा राजेन्द्र पोख्रेल आफूलाई मन पर्ने हास्यकलाकार भएका कारण उनको गीतमा मोडलको रुपमा अभिनय गरेको प्रतिक्रिया दिएका छन्।
गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ। भिडियोमा जितु नेपालका साथै अभिनेता प्रथम खड्का, समारिका ढकाल, स्मारिका ढकाल लगायतको अभिनय छ।
राजा राजेन्द्रको गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ भने संगीत राजनराज शिवाकोटीको रहेको छ। गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्।
म्युजिक भिडियोमा नाच्दै गरेका भेटिने जितुले नाच्न भन्दा हँसाउन सजिलो भएको बताए। ' म नृत्यको पारखी हो। एकदमै नृत्य गर्न मन लाग्छ। तर,अभ्यास नभएकाले गाह्रो भयो। मलाई चैं नाच्नभन्दा हसाउनै सजिलो लाग्यो', जितुले थपे।
प्रकाशित: २६ वैशाख २०७४ ०४:१० मंगलबार