२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

त्रिपुरा खरेलकाे ‘पराकम्प’ को वृत्तमा विचरण

पाठक्यौली

संयोगले एउटा कुनै दिन सामाजिक सञ्जालमा लघुकथाकार त्रिपुरा खरेलसँग भेट भयो। यो भेटको कार्यकारण लघुकथासँग सम्बन्धित थियो। चिनाइको क्रम बाक्लियो। थाहा पाएँ, मामरिङ, दक्षिण सिक्किमकी स्रष्टा हुन् त्रिपुरा। नेपाली विषयमा एमए तथा बिएडपछि शिक्षण पेसा नै अबलम्बन गरेकी स्रष्टा हुन्।

म आफैं पनि शिक्षण पेसाबाट निवृत्त भएकाले लघुकथाकार त्रिपुरासँग सामीप्य झन् बढ्यो। मेरा पोखरेल कुलका कुलदीप र नेपालकै विशिष्ट विद्वान प्रा. बालकृष्ण पोखरेलकी साक्खै छोरी त्रिपुरा हुन् भन्ने थाह पाएपछि त मेरा मनमा पराकम्प नै गयो।

त्रिपुराका लघुकथाहरू म बाक्लै पढ्न थालें। लघुकथामा त्यो पारिवारिक यशकीर्ति देखिन्थ्यो। र, एकदिन त्रिपुराद्वारा लघुकथाको कृति प्रकाशन गर्ने जानकारी मात्र हैन; भूमिका पनि लेख्ने अवसर पाएँ। अहिले म सोही लघुकथाकृति ‘पराकम्प’ को पाठक्यौली लेख्न बसेको छु। जतिबेला म भूमिका लेखिरहेको थिएँ, म अभिभावकीय भूमिकामा थिएँ। तर, अहिले न्यायाधीशका रूपमा छु। यो भूमिकामा रहिरहँदा अभिभावकीय सोचले प्रभाव पार्ला कि भन्ने कुरामा सतर्क छु। तथापि ‘ह्युमन इरर’ भइहाल्यो भने क्षमा चाहन्छु। यही सीमामा बसेर म ‘पराकम्प’ का वृत्तमा विचरण गर्दै छु।

भुइँचालो कम्पनको अमूर्त चित्रमा समेटिएको छ कृति आवरण। नेपालको गाईघाटलाई मुकाम बनाएका साहित्यकार तथा कलाकार टंकबहादुर आले मगरको कलामा बनेको हो ‘पराकम्प’ आवरण। कृतिको पश्चभागमा लघुकथाकारको तस्वीर तथा छोटो परिचय छ। प्रकाशक डी.आर. खरेल रहेको कृतिमा माता शान्तादेवी पोखरेल तथा पिता बालकृष्ण पोखरेलप्रति समर्पण गरेर पितृभक्ति प्रकट गरिएको छ। यो कार्य सतत् स्तुत्य छ।

जतिबेला म भूमिका लेखिरहेको थिएँ, म अभिभावकीय भूमिकामा थिएँ। तर, अहिले न्यायाधीशका रूपमा छु। यो भूमिकामा रहिरहँदा अभिभावकीय सोचले प्रभाव पार्ला कि भन्ने कुरामा सतर्क छु। तथापि ‘ह्युमन इरर’ भइहाल्यो भने क्षमा चाहन्छु। यही सीमामा बसेर म ‘पराकम्प’ का वृत्तमा विचरण गर्दै छु।

नेपालको विराटनगरमा बाल्यकाल बिताएकी तथा सिक्किमलाई कर्मघर बनाएकी लघुकथाकार त्रिपुराको ‘पराकम्प’ मा प्रत्यक्ष त विराटनगर तथा सिक्किमको सुवास मात्र भेटिंदैन बरु त्यसमाथि अप्रत्यक्ष रूपले भारतको असम, मेघालय, मणिपुर लगायत उत्तराखण्डमा बसोबास गरेका नेपाली मूलीय समाज तथा चालचलन, संस्कृति तथा सभ्यताको महक पनि भेटिन्छ।

विषयवस्तुका हिसाबले संग्रहमा विविध विषयले आकार ग्रहण गरेका छन्। किनभने मान्छेले बाँचेको धरातल भनेको विविध मनोवैज्ञानिक भावभूमि हुन्छ। त्यसैको भोक्ता अनुभूति कृतिको सामल भएको हुन्छ।

प्रजातन्त्रको सौन्दर्यमाथि विविध तरीकाले त्यसका सैद्धातिक र व्यावहारिक स्वरूपमा प्रश्नहरू (अविच्छिन्न प्रश्न पृ.१) उठाइएको छ। रुस/युक्रेन युद्धका सादृश्यमा झिंगाको बिम्बबाट आत्मरक्षाको महत्त्व झल्काइएको छ। एक पागलको मृत्युमा राजनीति गर्ने क्षुद्र राजनीतिक प्रवृत्तिमाथि प्रहार गरिएको छ।

राजनीतिक विषयमा महिलाको प्यारो स्वतन्त्रताको मुद्दा उठाइएको छ। योसँगै राजनीतिकर्मीको अवस्था र ध्यान याने चेष्टामाथि विवेचन गरिएको छ। राजनीतिमा नोट र भोटको निर्णयले जनताको अधिकार तथा महत्त्व कुण्ठित भएको यथार्थ पस्किएको छ। राजनीतिले गर्दा आफूआफूमा भेद आएको कुरा गज्जबसँग व्यक्त भएको छ।

यसरी लघुकथाको विषयवस्तु राजनीतिक विषयमा मात्र सीमित छैन। हुने कुरा पनि भएन। वास्तवमा समाजमा अनेक सामाजिक, सांस्कृतिक, धार्मिक तथा संस्कारगत असंगति हुन्छन्। छन्। तिनका विपर्यास विश्वास तथा अन्ध तथा अतिशय अग्र प्रयोगले समाजमा नकारात्मक परिणाम ल्याइरहेको छ। यो कुरामा लघुकथाकार त्रिपुरा खरेलको ध्यान असाध्य मजाले तानिएको छ। सूतकले तिहार रोकिन्न भन्ने विद्रोहात्मक स्वर छ।

कुमालेको चक्र जस्तै छ जीवन। जीवनको सबैभन्दा ठूलो समस्या नै मान्छेमा सन्तानप्रतिको अति मोह हो। चरामा यो मोह हुन्न। त्यसैले चरा स्वतन्त्र छ। वर्तमानमा विकसित हुँदै गएको पाहुना विरोधी समाजको निर्माणमाथि व्यंग्य गरिएको छ। आफ्नै जन्मदातालाई पनि पाहुना मान्ने कस्तो दिन आयो? यस्तो विचलनप्रति प्रहार गरिएको छ।

कुमालेको चक्र जस्तै छ जीवन। जीवनको सबैभन्दा ठूलो समस्या नै मान्छेमा सन्तानप्रतिको अति मोह हो। चरामा यो मोह हुन्न। त्यसैले चरा स्वतन्त्र छ।

दशैंमा दक्षिणाको प्रसंग उठाइएको छ जसले दशैंको महत्त्व मारिरहेको छ। दशैंको संस्कृति मरिरहेको छ। अर्कोतिर विदेशीले संस्कृति लादेकोदेखि लिएर श्रीमान्-श्रीमतीको स्तर नमिलेको भनेर आएर विखडणको विन्दुसम्मका कुरामा व्यंग्य गरिएको छ। प्रमुख अतिथि ढिलो हुने नेपाली परम्परामाथि व्यंग्य प्रहार छ।

फेसबुकमा छोरासरहको मान्छेको यौनिक आशक्तिजन्य क्रियाकलाप देखेर नेपाली मान्यतामा पराकम्प गएको छ। मान्छेभित्र हराउँदै गएको कमनसेन्सविहीन मान्छेको चित्र छ। जातप्रथाको विरोध, वृद्धवृद्धाका अवस्था र श्राद्धका कुरा, तिजमा आएको विकृति तथा मौलिकताको स्खलन सबै यही कृतिमा उल्लेख छ।

समाजमा अनेक विसंगति छन्। इमानदारीको पाठ सिकाउने गुरुजी नै चामल चोर छ। बालब्रह्मचारीको यौनकाण्ड छ। फोहोरी बोल्ने संस्कारहीन मान्छेको चरित्र देखाइएको छ। कामले मान्छे सानो हुँदैन भन्ने सन्देश छ। जीवनदेखि मृत्युसम्म मान्छेलाई मान्छेको साथ चाहिन्छ। मर्दा मलामी पनि नपाइने कस्तो समय आयो भन्ने चिन्ता छ। छुवाछुत प्रथाको विरोध गर्दै अर्काको विषयमा नचाहिंदो सोधीखोजी गर्ने प्रवृत्तिमाथि असन्तोष व्यक्त गरिएको छ। संस्कृति ह्रास भएकामा चिन्ता व्यक्त गरिएका कथानक छन्। अमेरिकामा भएका जहान छोराछोरीको कथाछ। र, त्यसमा वृद्धवृद्धाको पीडा पनि छ। विचरा वृद्धवृद्धा नेपाल फिरेको दर्दनाक कथानक समेटिएको छ।

फेसबुकमा छोरासरहको मान्छेको यौनिक आशक्तिजन्य क्रियाकलाप देखेर नेपाली मान्यतामा पराकम्प गएको छ। मान्छेभित्र हराउँदै गएको कमनसेन्सविहीन मान्छेको चित्र छ। जातप्रथाको विरोध, वृद्धवृद्धाका अवस्था र श्राद्धका कुरा, तिजमा आएको विकृति तथा मौलिकताको स्खलन सबै यही कृतिमा उल्लेख छ।

स्रष्टा लैंगिक हिसाबले नारी भएकाले उनका लघुकथामा नारीका जीवन भोगाइ, सुस्केरा तथा विद्रोहका तप्काहरू अन्तर्यसम्म पुगेको पाइन्छ। नारीका सम्वेदनाभित्र पसेर गहिरो अन्तर्य केलाउन सक्षम छन्। त्यसो भएकाले समाजमा नारीका रूपलाई सकारात्मक तथा नकारात्मक विविध कोणबाट हेरिएको छ। लघुकथाभित्र तिजका कुरा छन्। बराबरीको अधिकारभित्र तिजको सांस्कृतिक पक्ष आफैं अप्ठ्यारोमा परिरहेको स्थिति तथा तीजमा देखिने तडकभडकप्रति असन्तुष्टि छ।

वास्तविक नारीका समस्याभन्दा धेरै टाढा रहेको अन्तराष्ट्रिय नारी दिवस छ जसमा वास्तविक नारीको अवस्थाभन्दा दिवसको ढोङ ज्यादा देखाइएको छ। लघुकथाभित्र नारीलाई स्वार्थी प्रेम तथा शृंगारले अभिषप्त पारेको छ। बुढाको बिहे तरुनीसँग भएको तथा तरुनी बच्चा नपाउने मनस्थिति भएको नवआधुनिक चिन्तन पनि लघुकथामा छ। सहनशीला नारी मात्र होइन; कर्कशा र तुच्छ बुहारीको चित्र पनि छ। आफूलाई सम्भ्रान्त ठान्ने कथित महिलाको ‘बाहिर रुमाले भित्र गुन्द्रुक उमाले’ उखानले भने झैंको चरित्र पनि उजागर गरिएको छ।

लघुकथाले धर्मका नाममा गरिने व्यापारको चित्र प्रस्तुत गरेको छ। धर्मशाला मासेर पाँचतारे होटल बनाएकोप्रति व्यंग्य छ। गरिबलाई चोर लगाउने नेपाली चलनमाथि व्यंग्य प्रहार गरिएको छ।

नक्कली सहिद तथा बेपत्ताका नाममा सरकारी पैसा उठाएर झ्वाम पार्ने परिवेशलाई झटारो हानिएको छ। आफू काम नगर्ने अनि मागी खाने राष्ट्रिय चरित्र तथा चिन्तनप्रति प्रहार गरिएको छ। भ्रष्टाचार रोकथाम अभियानअन्तर्गत नै भ्रष्टाचार मौलाएकोमा चिन्ता व्यक्त गरिएको छ।यसैगरी जीवन बिमाको एजेन्टको चरित्र र चित्र देख्न पाइन्छ लघुकथामा।

लघुकथाले धर्मका नाममा गरिने व्यापारको चित्र प्रस्तुत गरेको छ। धर्मशाला मासेर पाँचतारे होटल बनाएकोप्रति व्यंग्य छ। गरिबलाई चोर लगाउने नेपाली चलनमाथि व्यंग्य प्रहार गरिएको छ।

लघुकथाभित्र विविध खाले मनोवैज्ञानिक विषय तथा प्रभावहरूबारे चित्रण गरिएको छ। विश्वमा आएको महामारी कोरोनाको प्रकोपले मान्छेमा धेरै प्रकारको मनोवैज्ञानिक असर परेको कुरा सर्वसिद्ध छ। कोरोना कसले सार्‍यो भन्ने जिज्ञासा लगायत मान्छेका कर्तव्यहरूलाई मनोवैज्ञानिक तवरले उजागर गरिएका छन्। कोरोनाको मनोवैज्ञानिक विश्लेषण रहेका कथानकमा कर्तव्यको नमुना देखाइएको छ।

यसैगरी आफ्नो सन्तान नभएर तथा अर्काको सन्तानलाई स्याहारसुसार गर्दा देखिने मनोवैज्ञानिक समस्याको पनि उजागर भएको छ। अवकास प्राप्त पुलिसले नै पुलिसको ज्यादती सहँदाको मनोविज्ञान कथानकमा मजाले आएका छन्।

यसैगरी शिक्षक तथा शिक्षिकाले गर्नुपर्ने मनोवैज्ञानिक उपचार र भूमिकाका बारेमा पनि यथेष्ट प्रकाश पारिएको छ। नैतिक शिक्षाको महत्त्वबारे पनि लघुकथा लेखिएका छन्। लघुकथाकार शिक्षक भएकाले पनि यी कुरा सलल बगेका छन्।

पुरुषत्वले कथानक बन्ने आधार पाएको छ। मान्छेको यथार्थ चित्र छ लघुकथाभरि। चराको गुँड फालिदिने मान्छेको अमानव चरित्र यसै संग्रहमा समेटिएको छ। मान्छेको प्रवृत्ति ठग पनि छ र सो ठगीमाथि सतर्क हुने सन्देश लघुकथामा प्रवाह गरिएको छ।

महत्त्वपूर्ण कुरा त संग्रहभित्र जीवनबोधी लघुकथाहरू पर्याप्त छन्। जीवनको सार तथा निस्सार दुवै खोजिएको छ। भुइँचालो आएको बेला सिरानी च्यापेर हिंड्ने मान्छेको स्वार्थी प्रवृत्ति तथा कला जीवन र त्यसबारे लोकले लिने अर्थसमेत लघुकथामा प्रयुक्त छन्।

विविध विषय तथा चेतको समायोजन भएकाले लघुकथासंग्रह ‘पराकम्प’ विविध विशेषतायुक्त भएको छ। पाठकको तह, तप्का तथा चेतले ती विशेषताबाट सरस प्राप्त गर्ने छन्। लघुकथाभित्र चिन्तन तथा चेतना, परिवर्तन तथा प्रगतिशीलता, सामाजिकता तथा दार्शनिकता मजाले उजागर भएर आएका छन्।

शीर्षकका आधारमा हेर्दा यो ‘पराकम्प’ शीर्षक ज्यादै अब्बल छ। असमकै साहित्यकार डम्बर दाहालले भनेझैं यो शीर्षक चट्याङ जस्तै छ। शीर्षकमै अणु सामथ्र्य छ। लघुकथाले खोज्ने शीर्षक पनि यस्तै दर्बिलो र झट्केदार हो। संग्रहभित्र हल्काफुल्का विषय छैनन्। जस्तोसुकै विषयमा लघुकथा लेख्दा अब्बल बन्न नसक्ने तथ्यलाई यो संग्रहले मजाले बुझेको छ।

यसैगरी लघुकथाका कथानकले एउटा न एउटा मुद्दा उठाएको छ। मुद्दा उठाउनु यो कृतिको ज्यादै महत्त्वपूर्ण विशेषता हो। यसबाट प्रष्ट हुन्छ कि कृतिकार त्रिपुरामा लेखक हुनुको जिम्मेवारी, दायित्व तथा युगबोध भएको प्रष्टिन्छ। भोगाइको अस्मेलतामा इमानदारी र बौद्धिकता छ।

पुरुषत्वले कथानक बन्ने आधार पाएको छ। मान्छेको यथार्थ चित्र छ लघुकथाभरि। चराको गुँड फालिदिने मान्छेको अमानव चरित्र यसै संग्रहमा समेटिएको छ। मान्छेको प्रवृत्ति ठग पनि छ र सो ठगीमाथि सतर्क हुने सन्देश लघुकथामा प्रवाह गरिएको छ।

कृतिभित्र जीवनदर्शन, आध्यात्म दर्शन, भौतिक दर्शन जस्ता अनेकन दार्शनिक विषय उठाइएको छ। दार्शनिक विषयमा बहस छेडिएको छ।

यसैगरी भाषा शालीन, बोधीय, सम्प्रेष्य छन्। भाषामा स्थानीयताको स्वाद छ। ‘तेरा बाबुआमालाई पोल सार्छु, लोदर, जिनिस, गाँडु, लालुपाते झैँ फुल्नु पर्छ, तिनजुवा घाम, आरी रेतेको जस्तो बुहारीको स्वर, सोड्क्याउनु, मत्तु, भक्कुचुर, हत्तेहाला मान्छे, कालो कलप’ जस्ता शब्द तथा वाक्यले लघुकथासंग्रहलाई हुलमा अलग्गै छुट्याएको छ।

यसैगरी उखान ‘बाहिर रुमाले भित्र गुन्द्रुक उमाले’को प्रयोगले कृति झन् अग्र्यानिक भएको छ।

लघुकथाकारमा पौराणिक मिथकका आधारमा कथावस्तुको निर्माण गर्ने विशेषता पनि देखिन्छ। पशुपति, भैरव, नवराजका बिम्बमा लघुकथाहरू लेखिएका छन्। संग्रहभित्र अणु सामर्थ्य भएको बुनौट प्रणाली अवलम्बन गरिएको छ। ‘व्यापार’ लघुकथाको समापनमा देखिएको बिज वाक्य-भेट्यौ त मोबाइलमा धर्मशाला? मोबाइलमा त्यस ठाउँमा पाँचतारे होटल देखायो (पृ १९) अणु सामर्थ्यको एउटा उदाहरण हो।

लघुकथासंग्रहभित्र कृतिकारको भाषिक तथा सामाजिक स्नेह मात्र देखिंदैन, बरु स्खलित हुँदै गएको नेपाली संस्कृतिको जगेर्ना गर्ने तीव्र अभिलाषा छ। नेपाली संस्कृतिको राम्रो पक्षबारे वर्णन गरिएको छ। स्वैरकल्पनाका आधारमा पनि लघुकथाको निर्माण भएका छन्।

अब अलिकति कृति विनिर्माण गर्दा प्रयुक्त रूपविधानबारे चर्चा गरौं। कृतिभित्रकै भूमिकामा कृतिकार त्रिपुरा खरेलको भनाइ ‘म लघुकथालाई नियमकानुनको परिधिभित्र राखेर मौलिकतालाई मास्दिनँ। यसपछि म ढुक्क भएर कलम कुदाउन थालें’ ले लघुकथावृत्तमा ‘के सिद्धान्त सिर्जनाको बाधक हो’ भन्ने प्रश्न उठाएको छ। यद्यपि सिद्धान्तले सर्जकलाई सही बाटो देखाउँछ, तर पनि यथार्थ कुरा भने सिर्जना बनेपछि मात्र सिद्धान्त बन्ने हो। सिर्जनाले अलग बाटो लिएमा सिद्धान्त पनि त्यही अनुरूप लेखिने हो। सिद्धान्त बन्नुको आशय सिर्जनामा निखार ल्याउन हो। सिर्जनाको मौलिकतालाई सिद्धान्तले मास्दैन।

सिद्धान्त घोकेकै भरमा सर्जक बन्न पनि सकिन्न। साहित्य प्रतिभा अभ्यासका कारणले लेखिन्छ। लेखनले विचारमा प्रतिबन्ध लगाउँदैन। विचारप्रवाह स्रष्टाको नितान्त सर्वव्यापक, अविभाज्य अधिकार हो। तथापि स्रष्टा पनि रूपविधान भने असीमित हुन सक्दैन।

साहित्यका सबै विधाका आआफ्ना विधिविधान छन्। ती सबै सिर्जनाको स्वरूपबाट निसृत हुन्छन्। यसैगरी नेपाली लघुकथा संसारले एउटा स्वरूप याने आकारीकरण गर्दै छ। यो आकारीकरणमा विश्वका कुनै पनि सिद्धान्तको अन्धाधुन्द अनुकरण गरिएको भन्दा पनि नेपाली माटोको मौलिकतातिर उन्मुख छ।

सिद्धान्त घोकेकै भरमा सर्जक बन्न पनि सकिन्न। साहित्य प्रतिभा अभ्यासका कारणले लेखिन्छ। लेखनले विचारमा प्रतिबन्ध लगाउँदैन। विचारप्रवाह स्रष्टाको नितान्त सर्वव्यापक, अविभाज्य अधिकार हो। तथापि स्रष्टा पनि रूपविधान भने असीमित हुन सक्दैन।

लघुकथाले कृतिकारको सचेतता, बौद्धिकता र चिन्तन खोज्छ। कथाचेत र आख्यानीकरण खोज्छ। रूपविधानीय शिल्प खोज्छ। लघुकथा घटना सापेक्षभन्दा शैली सापेक्ष हुन्छ। अर्थात् लघुकथामा घटनाको परिवेश निर्माणभन्दा रूपविधानको शैली महत्त्वपूर्ण हुन्छ। यद्यपि लघुकथा पनि आख्यान हो तर पनि लघुकथालाई घटनाले भन्दा विचार प्रक्षेपणले मात्रै पनि विनिर्माण गर्न सकिन्छ। त्यसकारण लघुकथामा संक्षिप्तताभित्र सर्वांग पूर्णता याने छोटोमा पूर्णता, एकोन्मुखता याने उद्देश्यमा केन्द्रीयता, प्रस्तुतिमा सूत्रात्मकता, भावमा प्रभावोत्पादकता, बहावमा तीव्रता, स्वादमा गूढ रहस्यात्मकता, वाक्यमा सांकेतिकता, समापनमा विवृतता (खुला) बिम्बात्मकता, प्रतीकात्मकता, कलात्मकता लघुकथाका आधारभूमि हुन्। यी सबै कुरालाई कौतूहलताको धागोमा उनेर लघुकथा विनिर्माण गर्ने हो।

अब लघुकथाको सैद्धान्तिक आधारमा हेरौं। लघुकथा भनेपछि लघु हुनै पर्यो। लघु माने कत्रो? शब्द सीमा कति? यो प्रश्नमा पनि लघुकथा सिद्धान्त रिजिड छैन। लघुतालाई ध्यानमा राखेर लेखिंदा हुन आउने शब्द संख्या नै लघुकथाको लघुता हो। लघुकथाकारको बुनौट शिल्पले यो कुराको निक्र्यौल गर्छ। लघुताका हिसाबबाट हेर्दा यो संग्रहका प्रायः लघुकथाहरू लघु छन्।

लघुकथाले कृतिकारको सचेतता, बौद्धिकता र चिन्तन खोज्छ। कथाचेत र आख्यानीकरण खोज्छ। रूपविधानीय शिल्प खोज्छ। लघुकथा घटना सापेक्षभन्दा शैली सापेक्ष हुन्छ। अर्थात् लघुकथामा घटनाको परिवेश निर्माणभन्दा रूपविधानको शैली महत्त्वपूर्ण हुन्छ।

यसैगरी लघु भनेपछि शीर्षक पनि लघु हुनुपर्यो भन्ने मान्यता छ। चट्याङ स्वभावका शीर्षक ज्यादै राम्रा हुन्छन् लघुकथामा। लघुकथाको शीर्षक पद वा पदावली भन्ने गरिन्छ। यद्यपि तीन वा तीनभन्दा बढी शीर्षक शब्द हुँदैमा लघुकथा नहुने भन्नेचाहिं होइन। तथापि जति लामो शीर्षक भयो त्यति नै कौतूहलता भञ्जक भने हुन्छन्। कौतूहलता भञ्जक शीर्षकलाई राम्रो भने मानिन्न। कौतूहलता लघुकथाको मर्म भएकाले सोको सकभर जगेर्ना गर्दा राम्रो हुन्छ। यसो भएकाले लघुकथाको उठान गर्दा आकस्मिक तवरले गर्नुपर्छ।

‘पराकम्प’ भित्र धेरै लघुकथाको उठानमा आकस्मिकता तथा कौतूहलतालाई जोगाइएको छ। यस्ता लघुकथाको उदाहरणका लागि ‘कुमालेको चक्र’लाई लिन सकिन्छ। त्यसो त संवादबाट लघुकथाको उठान भयो भने आकस्मिकता जोगाउन सजिलो हुन्छ। यद्यपि उठानमा संवाद नै चाहिन्छ भन्ने कुरा भने होइन। ‘फुर्के भूत’ लघुकथाको उठानमा संवाद छैन तर आकस्मिकता जोगाएर उठान गरिएको छ। कतिपय लघुकथामा भने परम्परिक तथा कथात्मक उठान पनि भएको देखिन्छ।

यद्यपि भाषा सम्प्रेषणका दृष्टिले कृतिलाई अब्बल मान्नै पर्ने हुन्छ। तथापि गहिरिएर हेर्यो भने कतैकतै लामा वाक्य पनि प्रयुक्त भएको छ (व्यापार पृ. १८)। सानो तथा छोटो चटक्क परेको वाक्यको प्रयोगले लघुकथा बोधीय हुन्छ। सुन्दर पनि हुन्छ। अर्कातिर अचेल कुनै जात, धर्म, राज्य, समाज विशेषलाई होच्याउने खालको भाषा खेलाउन त्यति राम्रो मानिंदैन। कालोको बिम्बका लागि कृतिभित्र ‘उसको कालो अनुहार हेर्दा ऊ भर्खरै अफ्रिकी मुलुकबाट आएकी झैं लाग्थी (११३)’ लेखिएको छ।

यसैगरी केही शुद्धाशुद्धिका कुरा पनि छन्। जस्तो दम्पती दम्पति (पृ.१०) दुवै प्रयोग भएको छ।

 ‘पराकम्प’ भित्र धेरै लघुकथाको उठानमा आकस्मिकता तथा कौतूहलतालाई जोगाइएको छ। यस्ता लघुकथाको उदाहरणका लागि ‘कुमालेको चक्र’लाई लिन सकिन्छ। त्यसो त संवादबाट लघुकथाको उठान भयो भने आकस्मिकता जोगाउन सजिलो हुन्छ।

लघुकथाको विकास तथा उत्कर्ष चरण संक्षिप्त तथा तीव्र बहावमा भयो भने लघुकथामा थप स्वाद थपिन्छ। विकासको चरण सुरु गरेपछि तीव्र गतिमा कथानक अघि बढ्नुपर्छ । र, छिटोछिटो उत्कर्षतिर आकर्षित हुनुपर्छ। त्यसकारण लघुकथालाई गागरमा सागर, बिन्दुमा सिन्धु जस्ता बिम्बका आधारमा व्यक्त्याइन्छ। अर्थ्याइन्छ। क्रावफोर्ड भन्ने विद्वानको भनाइलाई सापट लिने हो भने लघुकथा सुरु भएपछि ‘गेट इन, गेट आउट, नो लिंगर, गो अन’ प्रक्रिया अपनाउनुपर्छ। यो संग्रहका कतिपय लघुकथामा यो विकास तथा उत्कर्ष खण्डमा चुस्तताको अझै खाँचो देखिन्छ। यदि कथानकलाई सूक्ष्म बनाउन सकिएन भने लघुकथा भनिएका आख्यानहरू छोटाकथातिर उन्मुख हुन्छन्।

यद्यपि कृतिभित्र हल्काफुल्का विषय छैनन् भने पनि हुन्छ, तथापि केकले चितुवाको मुखमा हानेर जोगिएको कथानक भएको ‘केकले बचायो’ लघुकथालाई अभिधा अर्थमा हेर्दा कथानक सामान्य लाग्छ।

यसैगरी लाटोको जिन्दगीमाथि लेखिएको ‘निशब्दभित्र’ लघुकथा लगायत कालीपूर्णिमा लघुकथाहरूको कथावस्तुलाई त्यति दर्बिलो भने मान्न सकिन्न।

लघुकथाको बहुमूल्य गहना समापन हो। समापन विवृत (खुला) वा संवृत (बन्द) जे पनि हुन सक्छ। तथापि विवृत समापनचाहिं लघुकथाको सर्वोत्कृष्ट हो। समापनमा विपरीत भाव, प्रतिध्वन्यात्मकता तथा व्यंग्य लघुकथाका जीवन हुन्।

यो संग्रह ‘पराकम्प’ मा कतिपय लघुकथाको समापन एकदम मिलेको छ। समापनमा हुनुपर्ने विशेषताले भरिपूर्ण छन्। उदाहरणका लागि ‘जलन’ तथा ‘व्यापार’को समापनलाई लिन सकिन्छ। लघुकथाको समापनले धेरै कुरा भनेको छ। पाठकलाई झट्का दिएर समापन भएको छ। डम्बर दाहालको शब्दमा चट्याङको जस्तो प्रभाव परेको छ। तर, अब हठात् समापनपछि पनि स्रष्टा बोल्यो भने लघुकथा अवनतितिर जान्छ। यो संग्रहमा समापन विस्तार तथा समापनका कारणले छोटाकथातिर उन्मुख कथानक पनि छन् भनेर भन्नै पर्ने हुन्छ।

‘पराकम्प’ को बुनौटमा हिन्दी लघुकथाको प्रभाव देखिन्छ। हिन्दी भाषामा लेखिने र नेपाली भाषामा लेखिने लघुकथाको स्वरूप याने रूपविधानमा केही फरक छ। आकारीकरणमा पनि फरक छ। यो कुरालाई पनि लघुकथा लेखनमा हेक्का राख्न सकियो भने नेपाली लघुकथाले झन् फड्को मार्ने छ।

लघुकथाको बहुमूल्य गहना समापन हो। समापन विवृत (खुला) वा संवृत (बन्द) जे पनि हुन सक्छ। तथापि विवृत समापनचाहिं लघुकथाको सर्वोत्कृष्ट हो। समापनमा विपरीत भाव, प्रतिध्वन्यात्मकता तथा व्यंग्य लघुकथाका जीवन हुन्।

यो लघुकथासंग्रह ‘पराकम्प’ ले साहित्यकारहरूका लागि प्रश्न उठाएको छ। बेलायती कवि किट्सले भने झैं स्रष्टाले देखेको, भोगेको मात्र लेख्ने कि त्यसमाथि कल्पना गरेर लेख्ने? घटना किन भयो?, समाधान के हुन सक्छ भन्ने कुराका लागि पनि लेखकले चिन्तन गर्ने हो कि? यद्यपि देखेभोगेको लेख्न सजिलो छ। तर, त्यसमाथि कल्पना गरेर लेख्न चाहिं स्रष्टाको लागि चुनौती नै हुन्छ। गाह्रो हुन्छ। जोखिम हुन्छ।

अब अन्त्यमा छु। कृतिकार त्रिपुरा पोखरेल खरेल मेरा ८ पुस्ते दाजु बालकृष्ण पोखरेलकी छोरी हुन्। बालकृष्ण पोखरेल भन्नेबित्तिकै नेपाली साहित्यका कानमा एउटा सशक्त आवाज गुन्जायमान हुन्छ। हामी पोखरेलको वंशमा त बालकृष्ण पोखरेल एक युगमा जन्मिने कुलपौरख हो। योभन्दा पनि नेपालका लागि मात्र होइन, विश्वभरि छरिएरका नेपाली भाषासाहित्यका सर्जक पाठकका लागि भूषण हो बालकृष्ण। गहना हो। म एक पक्षीय जस्तो देखिए पनि त्यो एउटा यस्तो युग थियो, बालकृष्ण पोखरेलको एक झल्को र एक सान्निध्य पाउन स्रष्टा लालयित हुन्थे। कृतिकारले आफ्ना पिता बालकृष्ण पोखरेलको प्रचुर सान्निध्य पाएकाले त्यो स्तरीयता तथा त्यो साहित्यिकताको महक कृतिमा देखिन्छ।

अर्कातिर स्रष्टा त्रिपुरा पोखरेल खरेल आफैं पनि नेपाली विषयमा नै मास्टर्स गरेको हुनाले भाषा तथा साहित्य विनिर्माण गर्ने प्रयोगगत ज्ञानको प्रचुर भण्डार छ। स्रष्टा त्रिपुरामा प्रतिभा अभ्यास उम्दा छ। कृति पढेर एकदम प्रभाव पर्ने कुरा भनेको त्रिपुरामा लेखकीय दायित्वबोध हो। त्यो कुरा कृतिमा आफैं देखिन्छ।

वास्तवमा मान्छेको जिन्दगी पराकम्पमा चलेको छ। जीवनमा विविध भुइँचालो त आउँछ जान्छ, तर त्यसले छोडेका सामाजिक, मनोवैज्ञानिक, राजनीतिक, आर्थिक पराकम्पीय डोबहरू भने जिन्दगीभरि आइरहन्छन् र कहिल्यै सकिन्नन्। यस्तो गहन विषयमा लघुकथा जस्तो मट्याङ्ग्रा शक्तिको कृति लेखेकाले कृतिकार त्रिपुरा खरेललाई धेरै बधाई। यति सुन्दर कृति लेखिएको छ। लघुकथावृत्तमा प्रभावशाली उपस्थिति भएको छ। हामीले कृतिमुखी भएर बहस छलफल गर्ने अवसर पाएका छौं। यसका लागि बधाई।

अन्त्यमा यो दाजु त्रिपुरा बहिनीलाई अर्को कृतिको शुभकामना दिन्छु। आगे समयका सोपानमा भेट होला नै।  

प्रकाशित: २९ जेष्ठ २०८० ०७:४७ सोमबार

अक्षर