२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

स्रष्टा सम्मान यमुनालाई

नेपाल स्रष्टा समाजले यस वर्षको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारी पराजुलीलाई प्रदान गरेको छ।

नेपाली साहित्यमा क्रियाशील हुँदाहुँदै पनि ओझेलमा परेकी नारी स्रष्टालाई प्रदान गरिने यो सम्मानकोे  नगद राशि १५ हजार १११ रुपैयाँ रहेको छ। सो सम्मान नेपाली शिक्षा परिषदकी अध्यक्ष तथा साहित्य साधक रमा शर्माले प्रदान गरेकी थिइन्।

नेपाल स्रष्टा समाजले यस वर्षको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारी पराजुलीलाई प्रदान गरेको छ।

अक्सिजन कविका रूपमा परिचित कवि बालकृष्ण अधिकारीकी बुहारी हुन् यमुना अधिकारी। उनले ससुरालाई स्कुटरमा राखेर नियमित रूपमा साहित्यिक सभा, समारोह, गोष्ठीहरूमा लिएर जाने गर्थिन्। त्यसैको प्रभाव र प्रेरणाले साहित्यिक सिर्जनामा लागेकी यमुनाका हाल बालसाहित्यका सात र गजलसंग्रह प्रकाशित छन्।

गीतकार पुष्पा खनालले २०७५ सालमा आफ्नी आमाको नाममा स्थापना गरेको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानबाट हालसम्म सिर्जना शर्मा, डिक्रा वादी, इन्द्रा गहतराज, प्रतिमा पोखरेल र निर्मला मुरारी सम्मानित भइसकेका छन्।

सोही कार्यक्रममा गीतकार पुष्पा खनालका दुई गीतको लोकार्पण गरिएको थियो। गायक, संगीतकार तथा सञ्चारकर्मी सरोज कोइरालाले गीत गाएर सार्वजनिक गरेका थिए। कार्यक्रममा गायक तथा संगीतकार नरेन्द्र प्यासीले गाएको गीत पनि प्रसारण गरिएको थियो।

गीतकार पुष्पा खनालले २०७५ सालमा आफ्नी आमाको नाममा स्थापना गरेको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानबाट हालसम्म सिर्जना शर्मा, डिक्रा वादी, इन्द्रा गहतराज, प्रतिमा पोखरेल र निर्मला मुरारी सम्मानित भइसकेका छन्।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा भएको सम्मान समारोहमा नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल, मुक्तककार प्रकाश घायल र कवि मधु पाठकले पनि मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १० वैशाख २०८० ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App