२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

घुर्की

लघुकथा

एकदिन बाहिर निस्कने बेला बाहिर निस्केर अलिबेर कुरेपछि मात्र श्रीमतीजी आउनुभयो।

मुखबाट अनायासै निस्क्यो,‘कतिबेर लागेको? कति नक्कली स्वास्नी बिहे गरेछु।’

त्यसपछि उहाँको अनुहार हेर्नलायक थियो। उहाँकै बैनीको इन्गेजमेन्टमा जानुपर्ने नभएको भए नजान पनि सक्नुहुन्थ्यो। त्यति फुल्नुभो।

लागियो। बाटाभरि बोल्ती बन्द। अस्तिअस्तिको मस्कामस्की र चिमाटचमाट गायब। आफू बोल्यो तर जवाफ छैन।

सोचें,‘उहाँको त्यो रिस एक दिने थियो। तर, हैन रहेछ। उहाँको आँखामा हेरें, उहाँले अन्तै हेर्नुभो। हँसाउन पुराना र नयाँ जोक सुनाएँ तर हाँस्नुभएन।

बिस्तारै म गल्दै गएँ।

भोलिपल्ट राति सुत्ने बेला एउटा एसएमएस पठाएँ। जवाफ आउन पूरै १२ घण्टा लाग्यो, त्यो पनि कडा सर्तसहित।

मैले सर्त अनुसार ‘कति नक्कली स्वास्नी बिहे गरेछु’ भन्ने भनाइ बिहानै निसर्त फिर्ता लिएँ र अब कहिल्यै नदोहोर्‍याउने प्रतिबद्धता गरें।

प्रकाशित: ७ वैशाख २०८० ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App