१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

धरानमा वेभ रक टुर

धरान–युवा पुस्तामाझ चर्चित गायक सविन राईको गृहनगर धरान हो। त्यसैले उनी धरान आउनु जानु सामान्य हो । तर, जब उनी स्टेजमा चढ्छन्, तब धरानमै ‘बारुद सल्काए’झैं हुन्छ। उनका हरेक गितमा युवाहरु उतिकै साथ दिन्छन्, जति उनी स्टेजमा जोशिएर गाउछन् ।

उनको गायकी र स्टाइलबाट धराने युवायुवती भुतुक्कै छन्। आप्mनै गीतलाई पनि उनी स्टेजमा नयाँपन दिएर गाइदिन्छन् । मंगलबार राति धरान १२ स्थित पब्लिक उच्चमाविको मैदानमा आयोजित वेक रक टुरमा युवाहरुले उनको त्यही गायकी र स्टाइल देख्न, सुन्न पाए । युवा पुस्तामा उनको क्रेज अहिले पनि कम छैन भन्ने पनि रक टुरले प्रमाणित गरिदियो।

उर्जा ब्याण्ड र १९७४ ए.डि.पछि सविन स्टेजमा देखा परेका थिए । १९७४ एडिले गुरासै फुल्यो.., छुदैन तिम्रो मायाले.., सानी को..लगायत आधा दर्जन मात्र गीत पस्कियो । अन्तिममा उद्घोषकले सविनको नाम लिनेबित्तिकै उनका प्mयानहरुमा उत्साह छायो । म संसार जित्ने आँट..बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेका सविनले कालो कालो रातको..,मलाई अंगाली देऊ..,सुटुक्कै.., माया जालैमा..,तिमी नै हौ.., चपली हाइट.., तिम्रो आगमनले..जस्ता चर्चित गीतहरु सुनाएका थिए ।
 

प्रकाशित: ५ माघ २०७३ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App