९ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कोरोनाले रोकिएको फिल्म नीरफूलको प्रदर्शन जेठ १९ गतेबाट

कोरोना महामारीको कारण तीनवर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।

२०७६ चैत ७ गते रिलिजहुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण सम्पुर्ण फिल्महलहरु बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो।

भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित  फिल्म फूलमानवलले निर्देशन गरेका हुन्। रुबीभ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरितागिरी लगायतले अभिनय गरेका छन् भने म्यानमारका तत्कालीन राजदुत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भुमिकामा हेर्न सकिन्छ।

फ्रेण्ड्स अफनेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन्। निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्।  

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्दशाही र मनोज राठी रहेका छन्।  

प्रकाशित: ३० फाल्गुन २०७९ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App