२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

साहित्यकारहरू महायज्ञमा

आदित्य मोक्षधाम दारिमकोट कुसादेवी, पनौतीमा सम्पन्न भइरहेको आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठानमा यहीं २०७९ फागुन १९ गते साहित्यकारहरू सहभागी भए।

साहित्यिक पत्रकार संघले संयोजन गरेको सो महायज्ञमा सहभागी साहित्यकारहरूमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, ध्रुव मधिकर्मी, गीता कार्की, ठाकुर बेलबासे, निर्मलरमण पराजुली, रमेश खनाल, सावित्री श्रेष्ठ, नीता श्रेष्ठ, भानुप्रकाश जोशी, उषा केसी, राज रजक, रुद्र अधिकारी, पारु तिमिल्सिना, मुना बोहोरा, त्रिलोचन प्रधानको उपस्थिति रहेको थियो।

यसैगरी ठोकप्रसाद सिवाकोटी, भुपेन्द्र निरौला, बिटु श्रेष्ठ, उर्मिला शाह, रिता खनाल, धर्मकला सिवाकोटी, मन भुजेल, सुनिता बस्नेत, पार्वता थापा, बसन्त थापा, सरस्वती थापा आदिको पनि उपस्थिति रहेको थियो।

सो आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठानमा आज प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थिति रहेको थियो।

नेपाल, नेपाली र नेपाली संस्कृतिलाई विश्वभरि चिनाउने दुर्लभ प्रकृतिको तीर्थधामको रूपमा आदित्य मोक्षधामको निर्माण हुन गइरहेको छ। यो ठाउँलाई तपोसिद्ध अध्यात्म केन्द्र बनाउन लागिएको छ। विश्वको आठौं आचार्यको रूपमा विकास गर्ने लक्ष्य रहेको छ।

प्रकाशित: २० फाल्गुन २०७९ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App