१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

कागभन्दा कोइली चलाख

लघुकथा

एलवि राई

बजारमा एक नयाँ व्यापारीले पसल खोलेपछि धेरै ग्राहक आकर्षित भए। किनभने अरू दोकानमा भन्दा सस्तोमा सामान पाइने भयो।

विनोदले शुरूदेखि नै लगातार नगदी किनमेल गरेर विश्वासी बन्यो। अलि पछिदेखि उधारो कारोबार पनि हुन थाल्यो। व्यवहार गर्दै जाँदा उधारो पचास हजार पुगेछ तर पनि व्यापारीले सामान दिन्न भनेन।

विनोदमा अझ लोभ बढ्दै गयो। घरमा कुनै कार्यक्रमको बहाना पारेर पुरानो हिसाब बुझाउने अनि एक लाखको सामान लिएर लन्ठ्याउने उद्देश्यले पसलतिर लाग्यो। जब पसल पुग्यो तब थाहा भयो,पसले त पसल बेचेर गइसकेछ।

विनोद खुशी हुँदै घर फर्केर श्रीमतीलाई भन्यो, ‘ए कालेकी आमा! हामीले पसलको पचास हजार तिर्नै परेन नि!’

श्रीमतीले सोधिन्, ‘किन र बुढा?’

विनोदले खुसी हुँदै भने, ‘दोकान पसलै बेचेर हिंडेछ नि!’

श्रीमतीले आत्तिइँदै भनिन्, ‘लौ बर्बाद भइयो बुढा।’

विनोदले छक्क पर्दै सोधे, ‘के भयो र बुढी?’

श्रीमतीले निराश हुँदै भनिन्, ‘हामी साथीहरू मिलेर ब्याजको लोभमा दस लाख ऋण दिएका थियौं।’

प्रकाशित: ७ फाल्गुन २०७९ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App