२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

क्रमभंग गरौं

कविता

आकाश अधिकारी

शरीरको तापमान घटेको छ

परेलामा आँसु हिउँझैं जमेको छ

हृदयको चाल क्रमश घटेको छ

रगतको रंग  

क्रमशः निलो,पहेंलो हुँदै

कालो हुँदैछ

सुनामीको साम्राज्यमा

लाचार बनेर मेरो सगरमाथा

प्यासिफिक एटलान्टिकको भुमरीमा

बिस्तारै भासिंदै छ

सबै कुरा बिर्सेर

आऊ प्रिय,

हाँस्न बिर्सेर

रुन बिर्सेर

स्वाभिमान बिर्सेर

स्वाधीनता बिर्सेर

फक्रन लागेका कलिला

गुलाफका कोपिला चुँडेर

सभ्यताको क्रमभंग गरौं

यहीं उत्तम समय हो

आऊ

तिमी र म

प्रणयमा समर्पित हौं।

प्रकाशित: ६ फाल्गुन २०७९ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App