२० असार २०८१ बिहीबार
image/svg+xml
कला

‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित मानिएको चलचित्र ‘छक्का पञ्जा ४’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार युटुब च्यानल ओसएसआर डिजिटलबाट आज ४ बजे चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरले प्रष्ट रुपमा राजनीति चलखेलको विषयलाई उठाएको छ। पाका नेताहरु कुर्सीमा अनि जवानहरु खाडीमा भन्ने भावलाई चलचित्रले जोड दिएको छ।

‘छक्का पञ्जा ४’सँगै नायक अनमोल केसी अभिनित यस वर्षको अर्को प्रतिक्षित चलचित्र ‘छड्के’ पनि सोही मितिमा रिलिज हुने भएको छ। अर्थात फल्गुन १९ मा दुई चलचित्र भिड्ने पक्का छ।

कलाकारहरु दीपकराज गिरी, दीपा श्री निरौला, निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धी तामाङ, निर शाह, राज आचार्य, मलिना जोशी, बेनिसा हमाल, आदि लगाायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई हेमराज बीसीले निर्देशन गरेका हुन्।

निर्माताहरु दिपेन्द्र खाँनिया र केशव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा दीपकराज गिरीको कथा, कविराज गहतराजको कोरियोग्राफी, श्रद्धा मास्केको मेकअप र नरेन्द्र मैनालीको छायांकन रहेको छ। चलचित्रमा कलाकारहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा समेत प्रस्तुत भएका छन्।

प्रकाशित: ५ फाल्गुन २०७९ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App