१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

बिरालाको गुनासो

लघुकथा

विष्णु उप्रेती

मुसाहरूको बिझ्याँइ र उपद्रो खप्न नसकेपछि मैले घरको सुताहा ढाडेलाई बिरालाहरूको उच्चस्तरको बैठक बोलाउन भनें।

उसले पनि तुरुन्तै उच्चस्तरीय बिरालाहरूको बैठक आयोजना गर्‍यो। मैले पनि यो बैठकलाई सम्बोधन गर्दै भनें, ‘मैले बुझे र सुनेअनुसार मुसाहरूको सबैभन्दा ठूलो शत्रु बिरालाहरू नै हौ। तर, पनि तिमीहरू यत्रो शक्तिशाली बिरालाहरू यहाँ हुँदाहुँदै मुसाहरूको विगविगी र फट्याँइले सीमा नाघ्यो। के हेरे बसेका छौ? आफ्नो पराक्रम देखाओ। हैन भने तुलसीको माला लाएर कासी जाओ।’

मेरो कुरा सुनेपछि सबै बिरालाले घोसेमुन्टो लगाए। मौनता छायो। एकछिनपछि एउटा अलि पाको र अनुभवी बिरालाले भन्यो, ‘माफ गर्नुहोला हजुर, यहाँका मुसाहरू चानचुने छैनन्। सत्ताको पूर्ण समर्थन र संरक्षणमा छन्। अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध छन्। यिनीहरूलाई कसैले चलाउन सक्दैन।’

यहाँका मुसाहरूले सबै मन्त्रालयका फाइलहरू काट्छन्। सिसी क्यामेराका फुटेजहरू बिगार्छन्। अति विशिष्ट व्यक्तिहरूको सिरानी काट्छन्। त्यसैले हामीबाट केही पनि हुन सक्दैन हजुर।’

अर्को बिरालो फेरि बोल्यो, ‘देख्नुभएन अस्ति? एउटा बिरालो केही गर्छु भन्दै चुर्मुरिएर गएको, अरू मुसाहरूले जुँगा-पुच्छर काटेर नांगेझार पारेर पठाए। झन्डै पहिचान नै हरायो।’

प्रकाशित: ३ फाल्गुन २०७९ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App