१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

छक्का पञ्जाकी निर्देशक दिपा भन्छिन्– ‘महिलालाई होच्याएका छैनौं’

काठमाडौं– अहिले देशभरका सिनेमा हलमा सफलताको झण्डा गाडिरहेको फिल्म ‘छक्का पन्जा’ कि निर्देशक हुन् दिपाश्री निरौला । लामो समयदेखि हास्य कलाकारका रुपमा मनोरञ्जन जगतमा छाइरहेकी उनी यही फिल्मबाट निर्देशनमा डेब्यु गरेकी हुन् । महिला निर्देशकका फिल्म व्यावसायिक रुपमा सफल नभएका बेला उनको आगमन भने सुखद भएको छ । ‘छक्का पन्जा’ले १० दिनमा ५ करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्ष र वितरकको दाबी छ । कलाकार तथा निर्देशक उनीसँग नागरिकका विजय यादवले गरेको संवादः


निर्देशकको रुपमा पनि सफल भइयो ?

यो टिमवर्क र कडा मिहेनतको प्रतिफल हो । वास्तवमा मलाईं कलाकारिता क्षेत्रमा बटुलेको २५ वर्षको अनुभव र टेलिभिजनमा गरेको कामको अनुभवले निर्देशन गर्न सजिलो भयो । १२ वर्षसम्म ‘तितो सत्य’को निर्देशनमा सघाउँदा र  फिल्म ‘६ एकान ६’ मा दिनेश डिसी र ‘वडा नम्बर ६’मा उज्जवल घिमिरेसँगको कामबाट बटुलेको अनुभवले नै मलाई निर्देशन गर्न सहज बनाएको हो । मेरो निर्देशनको फिल्मलाई दर्शकले ग्राउण्ड सिक्सर नभएर स्टेडियम पार सिक्सरका उपाधी दिनु भयोे । म सानै देखी नै अभिनय सँगसँगै टेक्नििकल पाटो पनि सिक्दै आइरहेकोले पनि काम गर्न सजिलो भयो । र, आज दर्शकको स्वाद अनुसार फिल्म प्रस्तुत गर्न सकेकोमा उहाँहरुले मलाई शिखर चुमाइदिनुभयो ।

फिल्ममा महिला सशक्तिकरण सन्दर्भमा नै विषेश फोकस गरेको छ । हामीले फिल्म प्रष्टले देखाएका छौं कि विवाह गर्दै नगर्नु कि त गरिसकेपछि पूर्ण रुपमा दामपत्य जीवनको सपनालाई साकार पार्नु । मनदेखि माया गरेको छ भने झक्झकाउन पनि सक्दैन । महिलालाई कुटेर विवाह गर्ने प्रचलनको पनि फिल्ममा हामीले विरोध गरेका छौं ।

महिला निर्देशक असफल भइरहेको अवस्थामा तपाईको सफलताले के महत्व राख्छ ?

महिला निर्देशकहरु असफल भन्नु भन्दा पनि काम गर्ने क्षमता हुँदाहुँदै पनि निखार्न नपाएकोमा उहाँहरु असफल हुनुभएको हो भन्ने लाग्छ । महिला निर्देशकले हतार–हतारमा वा स्क्रिप्ट लेखन र चयनमा गरेको कमजोरीले फिल्म सफल हुन नसकेको जस्तो मलाईं लाग्थ्यो । फिल्म निर्देशन गर्दा मैले यही कुरालाई ध्यान दिएँ । म कलाकारितामा नै काम गर्नको लागि जन्मेका हुँ भन्ने महसुस गर्थे । आज फिल्म सफल हुँदा त्यो सोच सहि रहेछ भन्ने लागेको छ । दर्शकको प्रेमले ममा चुनौती पनि थपिएको छ ।  नयाँ–नयाँ कथावस्तुको फिल्म ल्याउनु मेरो लागि चुनौती हो । तर मलाई विश्वास छ– दीपकराज गिरीको स्क्रिप्टले, उहाँको लेखन क्षमता लगायतका कारणले म विश्वस्त हुने अधारहरु धेरै छन् ।

निर्देशकको रुपमा तपाईले छक्का पञ्जा हेर्दा केही त्रुटी पाउनु भयो ?

मैले त्यस्तो कुनै त्रुटी पाएको छैन । किनभने सबभदा पहिला फिल्मको मेरुदण्ड नै स्क्रिप्ट हुन्छ र त्यो स्क्रिप्ट पास गर्नु भन्दा पहिले हरेक कथावस्तुमा छलफल गरेर त्रुटीहरु सच्याइसकेको थिए । जुन कथावस्तुलाई हामीले प्रस्तुत गर्न चाहेका थियौं त्यसलाई सबभन्दा राम्रो शुट गर्ने प्रयत्न गरेका थियौं । त्यही भएर अहिले दर्शकले पनि सार्थकता दिनु भयो र रुचाइदिनु भयो । हामीले पटक–पटक दर्शकमा जानुभन्दा अगाडि नै पोस्ट प्रोडक्शनमा केही त्रुटीहरु हुँदा त्यसलाई पुनः शुट गरेर आर्कषक बनाएका थियौं । त्यही भएर दर्शकले रुचाइएको छ जस्तो मलाई लागेको छ ।

तपाईले फिल्ममा श्रीमान् विदेशमा हुँदा महिलाहरुले अर्कासँग सम्बन्ध राख्ने गरेको देखाउनु भएको छ । महिला भएर महिलालाई नै कमजोर देखाउन खोजेको जस्तो लाग्दैंन ?

होइन, त्यो एकदमै गलत कुरा हो र बुझाइको कमी हो जस्तो मलाई लाग्छ । फिल्ममा महिला सशक्तिकरण सन्दर्भमा नै विषेश फोकस गरेको छ । हामीले फिल्म प्रष्टले देखाएका छौं कि विवाह गर्दै नगर्नु कि त गरिसकेपछि पूर्ण रुपमा दामपत्य जीवनको सपनालाई साकार पार्नु । मनदेखि माया गरेको छ भने झक्झकाउन पनि सक्दैन । महिलालाई कुटेर विवाह गर्ने प्रचलनको पनि फिल्ममा हामीले विरोध गरेका छौं । फिल्ममा वैदेशिक रोजगारमा गएको, रेमिटान्स पनि भित्रियाएको छ र त्यो सँगसँगै समाजिक विकृति बढेको कथावस्तुलाई पनि देखाउने प्रयास गरेका छौ । यसमा महिलाहरुलाई होच्याउने वा कमजोर देखाउने किसिमको प्रस्तुती छदैं छैन ।

अगामी दिनमा फिल्म निर्देशन गर्ने योजना कस्तो छ ?

फिल्म निर्देशन गर्नु भन्दा पनि टिममा काम गर्नमा म विश्वास गर्छु । अगामी दिनमा पनि हाम्रो टिमले मलाई निर्देशन गर्न जिम्मा दियो भने म पछाडी हट्दिन् । बरु म राम्रो गर्नको लागि अवसरको रुपमा लिएर मेहनत गर्छौ । हामीले फिल्ममा कथावस्तु अनुसार निर्देशन चयन गर्छौ । त्यसकारण अहिले केही पनि अगामी कुरा सोचेका छैनौं । अहिले ‘छक्का पञ्जा’ को सेलिब्रेसन गर्ने समय रहेको छ ।

तपाईको निर्देशनको पहिलो तारिफ गर्ने को थियो ?

निर्देशनको तारिफ गर्ने त धेरै थिए । त्यसमा पनि दीपकराज गिरी, पुरुषोत्तम प्रधान लगायत हाम्रो हास्यकलाकारको सबै सदस्यले मलाई प्रत्येक पलमा साथ दिएका छन् । देश विदेश सबै ठाँउबाट समाजिक सञ्जालमार्फत बधाई आइरहेको छ ।  भाद्र ७ गते मेरो जन्म दिन थियो । तर, त्यतिबेला भन्दा बढी भाद्र २४ गते नेपाली फिल्मका थुप्रै रेकर्ड तोड्ने महिला निर्देशक जन्मिएको भनेर आइरहेको छ ।

निर्देशक भइसकेपछि कलाकारको विषयमा के विचार छ ?

म त भन्छु– ‘सम्पूर्ण एक्टरको क्यारेक्टर नै डाइरेक्टर हो’। राम्रो एक्टर डाइरेक्टर हुन सक्छ भन्ने भनाई यसपाली ममा पनि लागु भयो । कलाकारले जुनप्रकारको भुमिका पाउँछन्, त्यसमा घुलमिल सक्नुपर्छ । कथावस्तुलाई चाहिएको अभिनय दिनु कलाकारको चुनौती हुन्छ । भुमिका अनुसार कलाकारको चयन गर्नु पनि आवश्यक हुन्छ । फिल्म निर्माणमा सबैभन्दा ठुलो कुरा स्क्रिप्ट र कलाकार रहेछ । मेरो बुझाइमा ‘दीपक रहन्छ दीपा रहन्छ वा माग्ने बुढा रहन्छ’ भन्दा पनि कथावस्तुले मागे अनुसारको कलाकार चयन गर्नुपर्छ ।

निर्देशक र कलाकार हुनुमा के भिन्नता रहेछ त ?

निर्देशन गर्नु धेरै गाह्रो काम रहेछ । कलाकारितामा एउटा भुमिका निभाएर पुग्छ तर निर्देशन गर्न हरेक भूमिकामा अभिनय गर्न सक्नु पर्दोरहेछ । निर्देशन गर्दा सम्पुर्ण कथालाई न्याय र बगाउन सक्नुपर्दो रहेछ । सम्पूर्ण कलाकारको पर्फोमेन्स हेर्नुपर्दो रहेछ । म त एक्सन कट र एंगल लगाउनेलाई डाइरेक्टर भन्दिन । बरु कथालाई न्यायपूर्ण बगाउन सक्ने र जुन विषय उठान गरिएको छ त्यसलाई पुर्णता दिनेसक्ने व्यक्ति नै डाइरेक्टर हो । 

प्रकाशित: ५ आश्विन २०७३ १०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App