६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

चिल्ड्रेन फिल्म फेस्टिभल हुने

चिल्ड्रेन फिल्म फेस्टिभल २०२३’ को आयोजना हुने भएको छ । नेपाल चलचित्र विकास बोर्ड  बोर्ड र ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा चिल्ड्रेन फिल्म फेस्टिभल २०२३’ को आयोजना हुने लागेको हो।  

बोर्ड र ब्रिटिश काउन्सिलको सहयोगमा ‘बाल चलचित्र समिति’ले आयोजना गरेको ‘बाल चलचित्र प्रतियोगिता’मा छनोट भएका १० वटा फिल्मलाई फेस्टिभलमा सहभागी गराउन लागिएको हो।

‘ओपन कल’बाट गरी प्राप्त भएका ४० वटा फिल्ममध्ये १० वटा मात्र छनोट गरिएको बोर्डले जनाएको छ।क्यामेरा सिक’ अन्तर्गत सातै प्रदेशबाट छनोट भएका २८ जनामध्ये १६ जना १८ वर्ष मुनिकालाई प्रशिक्षण दिएर जनही ५० हजार प्रदान गरी फिल्म बनाउन लगाइएको थियो। १० वटा फिल्महरुलाई सोसल मिडिया क्याम्पेनिङ्ग गरी सबैभन्दा बढी लाईक, भ्यूज तथा कमेन्ट प्राप्त गर्ने एक फिल्मलाई नगदबाट पुरस्कृत गरिने र यसका लागि आज बुधबार साँझ ५ बजेसम्मको समय तोकिएको छ।

नेपाली बालबालिकाहरुलाई फिल्म साक्षरता दिने, उनीहरुलाई फिल्मप्रति आकर्षित गराउने उद्देश्यसहित सन् २०१९ बाट ब्रिटिस काउन्सिल र युकेको इन्टु फिल्मसँगको सहकार्यमा ‘क्यामेरा सिक’ कार्यक्रम सुरु भएकोमा बोर्डबाट भने २०७९ सालको मंसिरमा विधिवत रुपमा बाल चलचित्र समिति गठन गरिएको समितिका सचिव तथा बोर्डका अधिकृत चिरञ्जीवी गुरागाईंले जानकारी दिए।

प्रकाशित: २५ माघ २०७९ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App