२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

चलचित्र पठानको गीत 'बेशरम रंग' बाट हटाइयो दीपिकाको हट सीन

भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ को  ‘बेशरम रंग’ गीतमा परिवर्तन गरिने भएको छ।

सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले बिहीबार फिल्म निर्मातालाई परिवर्तनका लागि केही सुझाव दिएको हो।

गीतबाट अभिनेत्री दीपिका पादुकोणको केहि क्लोजअप हट सीन हटाइएको छ। बेशरम रंग गीतलाई मानिसहरूले मन पराएका छन् भने हिन्दू महासभाले त्यसलाई ठाडै अस्वीकार गरेको छ। हिन्दू महासभा मात्र होइन, वीर शिवाजी समूहले आपत्ति जनाएको थियो।

दीपिका पादुकोणले लगाएको पहेँलो बिकिनीमा सबैको आपत्ति छ। विश्व हिन्दू परिषदले यस्तो फिल्मलाई हिन्दू समाजले कहिल्यै स्वीकार नगर्ने बताएको छ।

फिल्म २५ जनवरीमा रिलिज हुँदैछ। २५० करोडमा निर्माण भएको फिल्म ‘पठान’ लाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ ।

प्रकाशित: २१ पुस २०७९ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App