१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

सवारी दुर्घटनामा परी सञ्चारकर्मी महाविर विश्वकर्माको निधन

सञ्चारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा परि निधन  भएको छ।  आज विहान साढे ५ बजे राप्ती नगरपालिका ६ हर्दिचोकमा उनी सवार माइक्रोबस ठोक्किँदा विश्वकर्माको निधन भएको हो।  

उनी सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा बिग्रेर राखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो।  माइक्रोमा च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो। गभ्भीर घाइते भएका विश्वकर्माको उपचारका लागि पुरानो मेडिकल कलेजमा ल्याउँदै गर्दा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानाकारी दिएको छ। चितवनको राप्ती नगरपालिका ४ डडुवा स्थायी घर भएका विश्वकर्मा मतदानका लागि काठमाण्डौँबाट घर आएका थिए।  

लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका उनले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ। देशका एक सय बढि एफएम रेडियोमा उहाँको कार्यक्रम प्रशारण हुने गर्छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइते हुनेमा राप्ती ५का २१ बर्षका आयुस तामाङ, माईक्रो चालक शंकर चाधरी, उज्वल मैनाली,  जवारीलाल बि।क। र।धादिङ रोराङका कुशल बिसुराल रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७९ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App