१६ वैशाख २०८१ आइतबार
image/svg+xml
निर्वाचन विशेष

आयोगले तयारी नगर्दा मतगणनामा ढिलाइ

निर्वाचन आयोगले वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनपछि मतगणना तयारीलाई व्यवस्थित र छिटोछरितो गर्न नसक्दा गणना कछुवा गतिमा भइरहेको छ।

२०७४ सालको स्थानीय निर्वाचनमा सबैभन्दा धेरै मतदाता भएको काठमाडौं महानगरपालिकाको मत गन्न १४ दिन लागेको थियो। अघिल्लो निर्वाचनबाट पाठ सिकेर आयोगले मतगणना व्यवस्थित नगरी पुरानै शैलीलाई पछ्याउँदा निर्वाचन परिणाम आउन दुई साता लाग्ने देखिएको छ।

निर्वाचन सकिएको दिन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जेठ ५ गतेभित्र देशभरको नतिजा आइसक्ने दाबीसहित घोषणा गरेका थिए। आयोगले एक साताभित्र नतिजा दिने दाबी गरे पनि मतगणनाको शैली र परिणाम हेर्दा यसपटक पनि दुई साता लाग्ने देखिएको छ। आइतबार रातिसम्म काठमाडौं महानगरका १, २, ३, ४, ३१ र ३२ वडाको मतगणना भइरहेको छ।

काठमाडौं महानगरका ३२ वटा वडामा ३ सय ६३ मतदान केन्द्र थिए। आयोगका अनुसार महानगरपालिकामा ६३ प्रतिशत मतदान भएको छ। काठमाडौं महानगरपालिकामा ३ लाख २ सय ४२ मतदाता छन्। आयोगका सचिव गोकर्णमणि दुवाडीले मतगणनाका लागि सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको भनेर पन्छिए। ‘सम्बन्धित निर्वाचन अधिकृतले कतिजना खटाएका छन् भन्नेमा भर पर्छ। हामीले छिटो घोषणा गर्नुपर्छ भनेका छौं। छिटो गर्न निर्देशन पनि दिएका छौं। छिटो गणना सक्नलाई आवश्यक मात्रामा टोली गठन गर्न भनेका छौं,’ सचिव दवाडीले भने, ‘छिटो गणना सक्नलाई स्रोतसाधन उपलब्ध गराउने काम हाम्रो हो।’

आयोगले जेठ ५ गतेसम्म गणना सकेर नतिजा दिने घोषणा गरे पनि ढिलो हुने उनले स्वीकार गरे। मतदाता र मतदानलाई हेरेर आयोगले छिटो गणना सक्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई स्रोतसाधन उपलब्ध गराएको सचिव दवाडीले बताए। ‘सम्बन्धित निर्वाचन अधिकृतलाई जिम्मेवारी दिइएको छ,’ उनले भने।

ललितपुर महानगरपालिकामा २० वटा वडा छन्। त्यसमध्ये दोस्रो दिन बल्ल चारवटा वडाको बाकस खोलेर गणना गर्न थालिएको मुख्य निर्वाचन अधिकृत किरण शिवाकोटीले बताए। ललितपुर महानगरमा ८५ हजार मत खसेको छ। गणना सुरु गर्दा मुख्य दलले धेरै स्थानमा प्रतिनिधि राख्न नसक्ने बताएपछि जम्मा चार ठाउँमा गन्न लागिएको छ।

‘धेरै ठाउँमा मतगणना गर्दा दलहरूले प्रतिनिधि राख्न सम्भव नभएको बताए। हामीले दुई ठाउँमा गणना गर्न सुरक्षालगायत व्यवस्था गरेका छौं। अर्को दुई ठाउँ पनि बनाउने तयारीमा छौं,’ उनले भने, ‘ठुलो मतपत्र, भोटको शैली तलमाथि भएको र जताततै हेर्नुपर्ने, सबै दलका प्रतिनिधिलाई देखाउनुपर्ने भएकाले ढिलाइ भएको छ।’ ललितपुरको गणना सक्न अझै ६/७ दिन लाग्नसक्ने उनले बताए। उनका अनुसार ललितपुर महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यकक्षमा ठाउँ बनाएर गणना भइरहेको छ। अहिलेसम्म चारवटा वडाका २० वटा बाकस खोलेर गन्न थालेको उनले बताए।

यता आयोग भने मतगणना ढिलाइ हुनुलाई आफैंले खटाएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिलाई दोष दिएर उम्कन खोजेको देखिन्छ। आयोगको पूर्वयोजनाअनुसार जेठ ५ अगावै सम्पन्न गर्ने उद्देश्यमा असर परेको हुँदा मतगणना निर्देशिकाको व्यवस्था र आयोगबाट दिइएको निर्देशन पालना नभएको आयोगको गुनासो छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा आयोगबाट गरिएको निर्णयसमेतको आधारमा जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गर्न निर्देशनसमेत दिइएको छ। आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, उपलब्ध भएसम्म सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकताका साथ खटाउने, स्थानको उपलब्धताअनुसार सकेसम्म बढी टोली कायम गरी मतगणना गर्ने बताएको छ।

मतगणनामा खटिएका कर्मचारीले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिकाको अध्ययन गर्नसमेत निर्देशन दिएको छ। मतगणना छिटोभन्दा छिटो सक्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि व्यवस्थित र अनुशासित हुनसमेत आग्रह गरेको छ। निर्वाचन आयोगले मतगणनाका लागि कर्मचारीलाई छुट्टै तालिम दिने गरेको छ।

आयोगले छुट्टै रकमसमेत खर्चिने गरेको छ।‘धेरै ठाउँमा मतगणना गर्दा दलहरूले प्रतिनिधि राख्न सम्भव नभएको बताए। हामीले दुई ठाउँमा गणना गर्न सुरक्षालगायत व्यवस्था गरेका छौं। अर्को दुई ठाउँ पनि बनाउने तयारीमा छौं,’ उनले भने, ‘ठुलो मतपत्र, भोटको शैली तलमाथि भएको र जताततै हेर्नुपर्ने, सबै दलका प्रतिनिधिलाई देखाउनुपर्ने भएकाले ढिलाइ भएको छ।’ ललितपुरको गणना सक्न अझै ६/७ दिन लाग्नसक्ने उनले बताए। उनका अनुसार ललितपुर महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यकक्षमा ठाउँ बनाएर गणना भइरहेको छ। अहिलेसम्म चारवटा वडाका २० वटा बाकस खोलेर गन्न थालेको उनले बताए।

यता आयोग भने मतगणना ढिलाइ हुनुलाई आफैंले खटाएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिलाई दोष दिएर उम्कन खोजेको देखिन्छ। आयोगको पूर्वयोजनाअनुसार जेठ ५ अगावै सम्पन्न गर्ने उद्देश्यमा असर परेको हुँदा मतगणना निर्देशिकाको व्यवस्था र आयोगबाट दिइएको निर्देशन पालना नभएको आयोगको गुनासो छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा आयोगबाट गरिएको निर्णयसमेतको आधारमा जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गर्न निर्देशनसमेत दिइएको छ।

आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, उपलब्ध भएसम्म सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकताका साथ खटाउने, स्थानको उपलब्धताअनुसार सकेसम्म बढी टोली कायम गरी मतगणना गर्ने बताएको छ। मतगणनामा खटिएका कर्मचारीले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिकाको अध्ययन गर्नसमेत निर्देशन दिएको छ। मतगणना छिटोभन्दा छिटो सक्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि व्यवस्थित र अनुशासित हुनसमेत आग्रह गरेको छ। निर्वाचन आयोगले मतगणनाका लागि कर्मचारीलाई छुट्टै तालिम दिने गरेको छ। आयोगले छुट्टै रकमसमेत खर्चिने  गरेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ००:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App