१३ आश्विन २०८१ आइतबार
image/svg+xml
निर्वाचन विशेष

तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका जोकलाल बुढा विजयी

जिल्लाको तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। 

आईतबार सकिएको मतगणना अनुसार ७१२ मतान्तरले माओवादी केन्द्रका देवबहादुर पुनलाई पछि पार्दै बुढा दोस्रो कार्याकालका लागि अध्यक्षमा विजयी भएका हुन्। 

नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रहेका उनी गत स्थानीय निर्वाचनमा पनि काँग्रेसबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। निर्वाचित बुढाले २०७ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी पुनले १९९५ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका अध्यक्ष पदमा उम्मेदवार देवेन्द्र छन्त्यालले भने ३९२ मत पाएका छन्। उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै हिराकुमारी छन्त्याल विजयी भईन्। उनले २७६८ मत पाएकी छन्। 

निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी इशु रसाईलीले १९५८ मत ल्याईन्। तमानखोला गाउँपालिकाको वडा नम्बर १, २ र ४ माओवादी केन्द्र तथा वडा नम्बर ३, ५ र ६ नेपाली काँग्रेसले जितेको छ। बागलुङका अन्य पालिकामा गठबन्धन भए पनि तमानखोलामा सबै दल एक्ला एक्लै निर्वाचनमा गएका थिए।

प्रकाशित: १ जेष्ठ २०७९ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App