२४ पुस २०८१ बुधबार
image/svg+xml
अपराध

अमेरिकी डलर भन्दै कागजको बिटो थमाएर पाँच लाख ठगी

अमेरिकी डलर सस्तो दरमा साँट्ने भन्दै पाँच लाख लिएर रातो रुमालमा बेरेको कागजको बिटो थमाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर बस्ने ४७ वर्षीय सुजित मिजार रहेको प्रहरीले जनाएको छ । 

ठगिनेमा झापा दमक नगरपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–९ धुम्बाराही बस्ने ५५ वर्षीय हरिकृष्ण बराल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मिजारले मिजारले पुस ३ गते सस्तो दरमा अमेरिकी डलर साँट्ने भन्दै बराललाई फोन गरेर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल नजिक बोलाएका थिए । अस्पताल नजिकै भेट भएपछि दुवै जना हनुमन्ते खोला छेउको एकान्त ठाउँमा पुगेका थिए । जहाँ बरालले फोनबाट भएको सल्लाह बमोजिम पाँच लाख नगद दिए । तर, मिजारले पैसाको आकारमा काटिएको कागज रातो रुमालले बेरेर बराललाई थमाएका थिए । पछि खोल्दा त्यसमा कागज भेटिएको बरालले प्रहरीसमक्ष जाहेरीमा उल्लेख गरेका छन् । 

त्यसपछि काठमाडौँ उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले बिहीबार मिजारलाई सल्लाघारीबाट पक्राउ गरेको जनाएको छ । 

प्रकाशित: १९ पुस २०८१ १९:४९ शुक्रबार

#Scam #crime