रसुवाको बेत्रावती प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ।
तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका नुवाकोटका ४३ वर्षीय पौडेलको शव चितवनमा भेटिएको हो। जिल्ला अस्पताल चितवनमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
यसैबीच, चितवनमै फेला परेको अर्को शवको पनि पहिचान खुलेको छ। बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कविलाल चौधरीको शव भएको पुष्टि भएको हो। उनको शव पनि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ भाद्र २०८३ १६:०८ शुक्रबार


-600x400.jpg)
