राजनीति

‘वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।  

प्रतिनिधिसभाको मंगलबारको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।  

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू अशोक चौधरी, सुशील खड्का, युवराज दुलाल, डा. कृष्णहरि बुढाथोकी, खुश्बु ओली, समीक्षा बास्कोटा, गणेश कार्की, लिमा अधिकारी (आचार्य), नितिमा भण्डारी कार्की, डा. तोसिमा कार्की र सुलभ खरेलले भाग लिई आफ्ना धारणा व्यक्त गरेका थिए।  

सांसदले उठाएका विषयका अर्थमन्त्री वाग्लेले वैकल्पिक स्रोतबाट विकास, भौतिक पूर्वाधारका आशा पूरा गर्न विधेयक ल्याइएको बताए। उनले सबै आयाम समेटेर प्रतिफल बढाउन विधेयकले सहयोग गर्ने ल्याइएको आश्वासन दिए। सुशासनप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेकाले संस्थागत गर्न पनि विधेयकले सहयोग गर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो ।

प्रकाशित: २९ वैशाख २०८३ १८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App