राजनीति

जसपा नेपालको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। बैठकमा पार्टीको समायोजन, बाढीपहिरोको अवस्था, राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल हुने भएको छ। 

भदौ १० गते रसुवामा आएको बाढीपछि प्रभावितको राहत तथा उद्धारका लागि पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई सहयोग रकम पार्टीको कोषमा जम्मा गर्न सर्कुलर गरेको छ। 

बाढीपीडितका लागि जसपाले पार्टीको तर्फबाट २५ देखि ५० लाख रुपैयाँसम्म राहत कोषमा जम्मा गर्ने र कार्यकारिणी समितिको बैठकमा छलफल हुने बताइएको छ। 

प्रकाशित: १६ भाद्र २०८३ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App