राजनीति

ओली भेट्न च्यासल पुगिन् भण्डारी

<br>

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न पार्टीको केन्द्रीय कार्यालय, च्यासल पुगेकी छन्।

एमालेको केन्द्रीय कमिटी बैठक बस्नुभन्दा ठीक एक दिनअघि हुन लागेको यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

राष्ट्रपति पदबाट अवकाश पाएपछि भण्डारी पुनः पार्टीको सक्रिय राजनीतिमा फर्कन चाहेको विषयले एमालेभित्र चर्चा पाइरहेको छ। तर, उनको पार्टी सदस्यता नवीकरणको विषय हालसम्म टुंगो लागेको छैन र त्यसलाई ‘पेन्डिङ’ मा राखिएको छ।

केही समयअघि बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष ओली आफैँले भण्डारीको सदस्यता नवीकरण नभएको र यसबारे छलफल गरिने बताएका थिए।

एमालेको केन्द्रीय कमिटीको बैठक भोलि (सोमबार) बस्दैछ। केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा हुन लागेको यो भेटले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक भविष्य र पार्टीमा उनको भूमिकाबारे थप स्पष्ट पार्ने अनुमान गरिएको छ।

प्रकाशित: ४ श्रावण २०८२ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App