कला/साहित्य

बाढी प्रभाविदलाई बलिउड कलाकारको साथ

भोटेकोशीमा आएको आकस्मिक विनाशकारी बाढीका कारण त्यहाँ जनधन क्षति अत्याधिक भएको छ। यही विपत्तीको अवस्थामा बलिउड कलाकारहरुले सहयोग गर्ने जनाएका छन्।

कलाकारहरुले बाढी प्रभाविद व्यक्ति तथा परिवारको साथमा रहेको जनाएका छन्। कलाकारले आफू सक्दो सहयोग गरिरहेको जनाएको छ। प्रायः चलचित्रमा खलनायको भूमिका निर्वाह गर्ने, वास्तविक जीवनमा परोपकारी कार्यबाट चर्चीत अभिनेता सोनू सूदले सामाजिक सञ्जालबाट आफू नेपालको साथमा रहेको जनाएका छन्। उनले बिहिबार सामाजिक सञ्जालमा लेखे–‘नेपाल, तिमी एक्लो छैनौ। हामी खाद्यान्न, आश्रय र पुनर्निर्माणमा सघाउने सामथ्र्यसहित आउँदैछौं ।’

अभिनेता सञ्जय दत्तले पनि इन्स्टाग्राम स्टोरीमार्फत आफू यस्तो कठिन परिस्थितीमा नेपालीसँगै एकसाथ उभिएको बताएका छन्। आफूले सक्ने जुनसुकै तरिकाले सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।

त्यसैगरि अभिनेत्री नोरा फतेहीले नेपालको लागि प्राथना गरेकी छन्। तथा त्यहाँका मानिशहरुलाई सुरक्षित रहन आग्रह गरेकीछन्। अभिनेत्री भूमि पडनेकरले बाढीको अवस्थाबारे पोस्ट गर्दै बाढीपिडितलाई ऐक्यबद्धता र आपत्तकालिन हेल्पलाईन सार्वजनिक गरेकी छन्। त्यसैगरिअभिनेता अनुपम खेरले भिडियो सन्देशमार्फत नेपालका लागि प्रार्थना गरिरहेको बताएका छन्। 

नेपाली मूलकी चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि सामाजिक सञ्जालमार्फत नेपालका लागि प्रार्थना गर्न आफ्ना प्रशंसकलाई आग्रह गरेकी छन्। उनले कार्यक्रमको विवरण सार्वजनिक गर्दै लेखिन–‘यो कार्यक्रम विपन्न क्यान्सर बिरामीहरूको उपचार र सहयोगका लागि सचेतना तथा रकम संकलन गर्ने उद्देश्यले आयोजना गरिएको हो। तर नेपालमा हालै आएको हृदयविदारक विपत्तिले हामी सबैलाई गहिरो रूपमा छोएको छ।

त्यसैले, यस कार्यक्रमबाट संकलित रकमको ५० प्रतिशत विपत्तिबाट प्रभावित परिवारहरूको राहत र सहयोगका लागि प्रदान गर्ने निर्णय गरेका छौँ।’  त्यसैगरि अभिनेत्री प्रियांका चोपडा तथा गायक जेन मलिकले  नेपालका १० हजार बालबालिकालाई तत्काल मानवीय सहायता जरुरी रहेको बताएका छन्। बलिउड कलाकारहरुको यतिको साथ तथा समर्थनले नेपाल भारतको सम्बन्धलाई झनै फराकिलो बनाएको छ।

प्रकाशित: १२ भाद्र २०८३ १८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App