दुई देशबीच गएको भदौमा मध्यकालीन विद्युत् बिक्री सम्झौता भएसँगै थप दुई सय ५१ मेगावाट बिजुली निर्यातमा भारतले मन्जुरी दिएसँगै नेपालबाट कुल नौ सय ४१ मेगावाट बिजुली निर्यातको सहमति भइसकेको छ।
दक्षिणी रौतहट र सर्लाही गाउँहरूमा दसैंको कुनै रौनक छैन। बाढीले गर्दा जनजीवन प्रभावित बनेको त छँदै छ, त्यहीँमाथि स्थानीय शिक्षक तथा कर्मचारीले तलब सुविधा नपाउँदा उनीहरूको मुहारमा थप निराशा थपिएको छ।
जदु चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौरहाको हात्ती प्रजनन केन्द्रका अनुभवी माउते थिए। सौरहाको हात्ती प्रजनन केन्द्रमा जदुले २०६५ सालदेखि करारमा सेवा सुरु गरेको उनका बुवा पञ्चलालले बताउँछन्।