१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

आर्थिक संकटमा पाटन सिविआर । अटिजम भएका बालबालिको संख्या बढ्दै

समुदायद्वारा संचालित पाटन समुदायिक पुनस्र्थापना संस्था अहिले आर्थिक संकटमा रहेको छ । अटिजम अर्थात बौद्विक असक्षमता भएका बालबालिकाहरूका लागि खोलिएको यो संस्थामा  २ वर्षदेखि ४० वर्ष समूहका ५६ जना बालबालिका र वयस्कसम्म रहेका छन् । 
विस २०५६ सालमा ललितपुर लेडी जेसीसद्वारा पुनस्र्थापना गृहको स्थापना गरिएको थियो । केहि वर्षअघि गैर सरकारी संस्थाको सहयोग रहँदा पुनस्र्थापना गृहमा आउनेहरुका लागि निःशुल्क रहेको थियो । आर्थिक भार बढ्दै गएपछि केहि शुल्क लिन थालिएको हो । बौद्धिक अपाङ्गता भएका बालबालिकाको ढिलो पहिचान हुन्छ । बौद्धिक अपाङ्गता भएको चाडो  पहिचान भएमा प्रारम्भिक उपचार भनेको नै थेरापी हो । यस्ता बालबालिकालाई सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थेरापी र खेलका माध्यमद्वारा सिकाइन्छ ।
बालबालिकाहरुको शरीरमा भएको कडापनलाई अझै कडा हुन नदिन थेरापी गराउनु पर्ने पाटन सिविआरमा १२ वर्षदेखि शिक्षिकाको रूपमा कार्यरत सिर्जना केसी बताउँछिन् । धेरैजसो अभिभावकले बौद्विक असक्षता भएका बच्चाहरुलाई घर बाहिर ल्याउँदैनन् तर उनीहरुलाई समाजिक बनाउन घर बाहिर पनि ल्याउनुपर्ने उनी बताउँछिन् ।
अपाङ्गता भन्ने वित्तिकै शारीरिक अपाङ्गता, दृष्टिबिहिन, बहिरा इत्यादि सम्झन्छौं । यस्ता व्यक्तीहरुको सहजै पहिचान पनि गर्न सकिन्छ । सबै अपाङ्गता हेर्ने वित्तिकै बुझ्न र पहिचान गर्न सकिंदैन । ति मध्येको “अटिजम” हो । अटिजम पनि धेरै प्रकारको हुन्छ । अटिजम अर्थात स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने समस्या हो । 
ललितपुरको शंखमुल नजिकै रहेको पाटन लेडी जेसिसबाट शुरू भएको पाटन सिविआर अर्थात समुदायिक पुनस्र्थापना संस्था अहिले तपाई हामी जस्तैको सहयोगबाट चलेको छ । 

प्रकाशित: १५ पुस २०७५ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App