१२ मंसिर २०८१ बुधबार
image/svg+xml
प्रविधि

आइफोन सेभेनले किन हटायो हेडफोन ज्याक ?

क्यालिर्फोनिया—एप्पलले हेडफोन ज्याक विना नै  हालेै आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ। यदि प्रयोगकर्ताले यसमा गीत सुन्न चहेमा वायरलेस हेडफोन अथवा मोवाइल चार्जका लागि प्रयोग हुने पर्टमा लाइटेनिङ आधारित हेडफोन प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

आइफोनका अन्य प्रतिस्पर्धी स्मार्टफोन प्रयोगकर्ताले गुणस्तरीय हेडफोन प्रयोग गर्छन्। आइफोन सेभेन प्रयोगकर्ताले भने वैकल्पिक एड्याप्टर बोक्नु पर्ने हुन्छ। आइफोनले आफ्नो उत्पादन अझ सरल र अझै गुयास्तरीय बनाउनका हेडफोन ज्याक हटाइएको उल्लेख गरेको छ।

स्टिभ जब्स कार्यकारी प्रमुख भएर अाएदेखि एप्पलले आफ्ना उत्पादन तथा तिनका फिचरलाई केही न केही सिर्जनात्मक परिवर्तन गर्दै आएको छ। त्यही सिर्जनात्मक परिवर्तन एप्पलको सफलताको सूत्र सावित रहँदै आएको छ। आइफोन सेभेनमा हेडफोन ज्याक हटाउनु त्यस्तै परिवर्तनको एउटा कडी हो।

आइफोन सेभेन प्रयोगकर्ताले अब फोनसँगै वायरलेस हेडसेट किन्नु पर्नेछ। यो केही महँगो पनि छ। अस्तित्वमा रहेको संगीत डिभाइसभन्दा फरक यो प्रक्रिया प्रयोगकर्तालाई केही असजिलो लाग्न सक्छ। आइफोनले अडियोको क्षमता तथा गुणस्तर विकासका लागि हेडफोन ज्याक हटाएको दाबी गरेको छ।
‘हाम्रा प्रयोगकर्ताले सुरुसुरुमा हेडफोन ज्याक नहुदाँ केही असजिलो महसुस गर्न सक्छन्। हामीलाई आशा छ केही समयको प्रयोगपछि उनीहरुलाई बानी पर्नेछ। र यो परिवर्तनलाई उनीहरुले राम्रो मान्नेछन्।’

एप्पल कम्पनीले कम्प्युटर मेसिन उत्पादन थालेदेखि नै केही न केही नयाँ सिर्जनात्मक प्रयोग गर्दै आएको छ। स्टिभ जब्स कार्यकारी प्रमुख भएर अाएदेखि एप्पलले आफ्ना उत्पादन तथा तिनका फिचरलाई केही न केही सिर्जनात्मक परिवर्तन गर्दै आएको छ। त्यही सिर्जनात्मक परिवर्तन एप्पलको सफलताको सूत्र सावित रहँदै आएको छ। आइफोन सेभेनमा हेडफोन ज्याक हटाउनु त्यस्तै परिवर्तनको एउटा कडी हो।

आइफोन सेभेनले किन हटायो हेडफोन?

१. ब्याट्री क्षमता बढाउन
एप्पलले प्रत्येक पटक नयाँ आइफोन बजारमा ल्याउँदा पहिलेभन्दा केही पातालो आकारमा निकाल्ने गरेको छ। ब्याट्री क्षमता लामो पार्न धेरै सफ्टवेयर अथवा फिचर हटाउन पर्ने हुनसक्छ। नयाँ आइफोनको आकारबाट ब्याट्री प्रभावित हुनसक्ने बुझेर उसले यो प्रयोग गरेको हुन सक्छ।

२. वाटर प्रुफ
प्रतिस्पर्धी स्मार्टफोन कम्पनीहरुले पानी नपस्ने स्मार्टफोन निकाल्न थालिसकेका छन्। एप्पपलका नयाँ उत्पादन आइफोन सेभेन पनि वाटर तथा डस्ट रेसिस्टेन्ट छन्। मोवाइलमा जति होल कम हुन्छ त्यती नै वाटर रेसिस्टेन्ट बन्न मद्दत पुग्छ। यसका कारणले पनि एप्पलले हेडफोन ज्याक हटाएको बताएको छ।

३. गुणस्तरीय अडियो
एप्पलले हेडफोन ज्याकको प्रयोग गर्दा आउने अडियो भन्दा लाइटेनिङ कनेक्टरमा हेडफोन तथा वायरलेस हेडफोनबाट आउने अडियोको गुणस्तर गजब भएकाले हेडफोन ज्याक हटाएको बताएको छ। हेडफोन ज्याकको सट्टा वायरलेस हेडफोन प्रयोग गर्न सकिन्छ। यसमा गुणस्तरीय तथा ठूलो अडियो चिप्स प्रयोग गर्न पनि सकिन्छ।

४. भविष्यको प्रविधि : वायरलेस
आइफोन सेभेनको सार्वजनीक गर्ने कार्यक्रममा एप्पल सिइओ टिम कुकले वायरलेस हेडफोनको प्रयोगले ‘वायरलेस भविष्यतर्फ अग्रसर’ भएको प्रतिक्रिया दिएका थिए। प्रविधिमा फड्को मार्न र ब्लुटुथ प्रविधिको उचीत प्रयोगका लागि पनि एप्पलले हेडफोन ज्याक हटाएको हो।

५.प्रतिस्पर्धामा अग्रणी रहन

एप्पलले लाइटेनिङमा आधारित हेडफोनको अत्याधिक प्रयोग होस भनेर पनि हेडफोन ज्याक हटाएको बताएको छ। उसले भनेको छ ‘लाइटेनिङमा आधारित हेडफोनको माग बढाउँदा अन्य प्रतिस्पर्धी कम्पनीले समेत यसको प्रयोगमा धेरै खर्च गर्नुपर्ने हुन्छ र उनीहरुलाई यसको प्रयोग गर्न केही समय लाग्छ जसले गर्दा हामी सधँै उनीहरुभन्दा अगाडि रहन्छौं।

प्रकाशित: २९ भाद्र २०७३ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App