सुनकोसी–मरिन डाइभर्सन आयोजना : छिचोलियो सुरुङ
काठमाडौं नागढुंगा–सिस्नेखोला सडक आयोजनाको मुख्य सुरुङमार्ग छिचोलेको तीन सातापछि बुधबार सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ।
काठमाडौं नागढुंगा–सिस्नेखोला सडक आयोजनाको मुख्य सुरुङमार्ग छिचोलेको तीन सातापछि बुधबार सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ।
तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो। तर, अहिले तालमा पानी होइन कमिला डुल्छन्। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो।
बीच सडकमा स्काभेटर पल्टिएपछि सिराहा र उदयपुरलाई माथिल्लो सगरमाथासँग जोड्ने सिद्धिचरण लोकमार्ग आइतबार बिहानदेखि अवरुद्ध छ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण सम्पन्न भएको छ।
मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ।
विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ। बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ।
मुगु सदरमुकाम जोड्ने कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडकको ट्रयाक खुल्ला भएको कार्य पूरा भएको झन्डै १२ वर्ष बितिसकेको छ।
मुक्तिनाथ दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ।
बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका– ३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका– १ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ।
तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको सालझन्डी–ढोरपाटन सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन।
निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ।
मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो।
झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।