साइकल चोरेको आरोपमा नाबालकसहित चार पक्राउ
साइकल चोरी गरेको आरोपमा पोखराबाट चार जना पक्राउ परेका छन्। कास्की प्रहरीले पोखराको जिरो किलोमिटरबाट चोरी गरेर राखिएका ६ वटा मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएको हो।
साइकल चोरी गरेको आरोपमा पोखराबाट चार जना पक्राउ परेका छन्। कास्की प्रहरीले पोखराको जिरो किलोमिटरबाट चोरी गरेर राखिएका ६ वटा मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएको हो।
अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा नेपालस्थित विभिन्न कुटनीतिक नियोगका उच्च अधिकारीले पोखरा क्षेत्र घुमफिर गर्ने भएका छन। कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले पोखरामा ती मुलुकका पर्यटक आगमन बढ्ने पर्यटन व्यावसायीको अपेक्षा छ।
हावाहुरीले कास्कीमा १४ वटा घर तथा अन्य संरचनामा क्षति पुगेको छ। कास्की प्रहरीका अनुसार बिहीबार बेलुकीको हावाहुरीले कास्कीका विभिन्न गाउँमा क्षति पुर्याएको छ।
कोराना भाइरस संक्रमणपछि सोचेजति आकारमा चिनियाँ पाहुना पोखरा आउन नसकेकोमा चिन्तित पर्यटन व्यावसायीले कोरोनापछि पहिलो पटक चीनमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम चलाए। अघिल्लो साता गरिएको प्रवर्द्धनात्मक कार्यक्रममा सहभागि व्यावसायीले चिनियाँ पाहुनाको नेपाल आगमन संख्या कमजोर हुनुको कारण खोतले।
पोखरामा गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलन हुने भएको छ। गैरसरकारी संस्था (गैसस) महासंघको आयोजना तथा नागरिक संस्थाहरुको समन्वय र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा जेठ ११ र १२ गते नागरिक सम्मेलन हुने आयोजकले बताएको छ।
कोरोना भाइरस संक्रमणले गर्दा बेलैमा काम थाल्न नपाएको भन्दै पोखरा–मुग्लिन सडकको पूर्वि खण्डको म्याद १ सय ५५ दिन थपिएको छ। पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८० किमि) सडक अहिले बिस्तार भईरहेको छ।
पोखरा भित्रिएका आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो अनुकुलको होटलमा जान दवाव दिने सातजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुले कतिपय सर्वसाधारण र पर्यटकलाई आफुले भनेको बसमा यात्रा गर्न पनि बाध्य पार्दै आएका थिए।
नेपालको पर्यटन क्षेत्रले भारतसँगै चीनलाई पनि पर्यटनको मुख्य श्रोत मान्छ। तर, कोरोना भाइरस संक्रमणपछि चिनियाँको आगमन उत्साहजनक हुन नसकेको व्यावसायीको भनाई छ। अझ पोखराले त चिनियाँ पाहुनाबाट ठूलो लाभ पनि लिएको थियो। चिनियाँ पाहुनाप्रति व्यावसायीको भरोसा पनि थियो। तर, कोरोनापछि चिनियाँको आगमन उत्तिसारो उत्साहजनक हुन नसकेको उनीहरुको भनाई छ।
पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले महानगरको बेरुजु असुलउपर गर्न कार्यपालिकालाई निर्देशन दिएको छ।
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको डेढअर्ब रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ।
लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका ३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्।
स्याङ्जामा जँड्याहा समूहको कुटपिटबाट एकजना प्रहरी असई घाइते भएका छन्।
शनिबार पोखराको मौसम यतिसम्म प्रदूषित थियो की फेवातालको वारि किनारबाट पारिपट्टिको गाउँ देखिएको थिएन। फेवाको किनारबाट हेर्दा तालको बीचभागका सयर गरिरहेका डुंगा पनि प्रदूषित तुवाँलोमा लुकिरहेका थिए।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण सम्पन्न भएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानमा पुन: अवरोध आएको छ। बाक्लो तुवाँलोका कारण बिगत एक सातादेखि विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा अवरोध आइरहेको थियो। अघिल्लो शुक्रबारदेखि रोकिएको उडान हिजो विहीबार खुलेपनि शुक्रबार पुन अवरुद्ध भएको विमानस्थलले बताएको छ।