१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पर्यटन व्यावसायी भन्छन्ः चिनियाँ पर्यटक थाइल्याण्ड, भियतनाम र कम्बोडियातिर ‘डाईभर्ट’ भए

कोराना भाइरस संक्रमणपछि सोचेजति आकारमा चिनियाँ पाहुना पोखरा आउन नसकेकोमा चिन्तित पर्यटन व्यावसायीले कोरोनापछि पहिलो पटक चीनमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम चलाए। अघिल्लो साता गरिएको प्रवर्द्धनात्मक कार्यक्रममा सहभागि व्यावसायीले चिनियाँ पाहुनाको नेपाल आगमन संख्या कमजोर हुनुको कारण खोतले।

बढ्न थाले चिनियाँ पर्यटक

कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ।महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो। सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्