१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

विवाह खर्च कटाएर विद्यालयलाई सहयोग

विवाहमा लाग्ने खर्च जोगाएर जिल्लाको बेलकोटगढीका एक नवविवाहित जोडीले विद्यालयलाई सहयोग गरेका छन्।

दुर्गममा सेनाले बनायो भूकम्प प्रतिरोधी विद्यालय

जुम्लाको गणेश आधारभूत प्रावि गिडिखोलामा नेपाली सेनाको भगवति दल गणले भूकम्प प्रतिरोध विद्यालय भवन निर्माण गरेको छ । तातोपानी गाउँपालिका ४ स्थित सो विद्यालय भवन जीर्ण बन्दै गएपछि नेपाली सेनाले आफ्नै लगानीमा भूकम्प प्रतिरोधी भवन निर्माण गरेको हो।

नबिलका अध्यक्षद्वारा विद्यालय भवन उद्घाटन

नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले फटकशिला माध्यमिक विद्यालय भवनको उद्घाटन गरेको बैंकले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयको स्वायत्ततामा प्रश्न

आश्चर्यको विषय के भने अहिले त्रिवि जुन अवस्थामा छ र यसले जुन समस्या भोगिरहेको छ, त्यसप्रति देशको राज्यव्यवस्था सञ्चालक र त्यस व्यवस्थाले जिम्मा दिएको त्रिविको कार्यकारी वर्ग उदासीन र अनुत्तरदायी भूमिकामा देखापरेको छ ।

कार्यालय सहयोगीले नै विद्यालयको कम्प्युटर चोरेपछि...

सुखेपोखरीस्थित चतुर्भूजेश्वर जनता उमाविको कम्प्यूटर चोरीको आरोपमा विद्यालयका कार्यालय सहयोगीसहित दुईजना पक्राउ परेका छन्।

विद्यालयलाई कम्प्युटर प्रदान

फदाप गाउँपालिका–१, सिम्लेका एक समाजसेवीले गाउँको विद्यालयलाई कम्प्युटर प्रदान गरेका छन्। विद्यालयको संस्थापक सदस्यसमेत रहेका फेदाप गाउँपालिका–१, सिम्लेका लक्ष्मीसुन्दर निङ्लेकुले आमा जोगमायाको स्मृतिमा ‘आमा पुस्तकालय’ स्थापना गर्नुका साथै विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेकी छन्।

चिटिक्क विद्यालय भवन पाउँदा विद्यार्थी दंग

भूकम्पपछि त्रिपाल र जस्ताको अस्थायी टहरोमा पढ्दै आएका महाकाली सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीले भूकम्पप्रतिरोधी भवन पाएका छन्।

सैनिक महाविद्यालयलाई उपाधि

आयोजक वीरेन्द्र सैनिक महाविद्यालय (एसएएमबी )ले आइतबार राजन मेमोरियल स्कुललाई ४६ रनले पराजित गर्दै ११औं प्रधान सेनापति अन्तरविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।भक्तपुरस्थित एसएएमबीको क्रिकेट मैदानमा भएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको राजन मेमोरियलले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २६ रन मात्र जोड्न सक्यो।

भूकम्पले क्षतिग्रस्त विद्यालयलाई पक्की भवन

बासखर्क आधारभूत विद्यालयको कक्षा ८ मा पढ्दै गरेका टेकेन्द्र तामाङ खुसी मुद्रामा छन्। नयाँ भवनमा पढ्न पाउने भएसँगै टेकेन्द्र र उनका साथीहरु खुसी भएका हुन्।

अन्तरिम व्यवस्था नहुँदा विद्यालय शिक्षा अन्योलमा

देश संघीयतामा गएसँगै कानुनतः विद्यालय शिक्षा (प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्म) स्थानीय सरकारको दायित्वमा गएको छ ।  सरकारले हालै जारी गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएसँगै चैत २८ गतेदेखि देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज हुँदैछन् । अब विद्यालय शिक्षाका सबै काम स्थानीय सरकारले गर्नेछ।

भूकम्पले भत्किएको विद्यालय जापानले बनाइदिने

महाभूकम्प पछि क्षती पुगेको गोरखाको सरस्वती शान्ति विद्यालयको भवन जापानले बनाइदिने भएको छ। आरुपोखरीमा रहेको विद्यालयको भवन भूकम्पले क्षती पुर्याएको थियो।

विद्यालय टाढा हुँदा विद्यार्थीलार्इ सास्ती

‘नेताले बाटोमात्र भन्छन् । हाम्रा छोराछोरीले पढ्न पाए पो हुन्थ्यो । बिचरा साना केटाकेटी स्कुल जादा सधैं हिँड्नुपर्ने त्यो त्यो बाटोको के काम ।’ रोल्पाली अभिभावक

सामुदायिक विद्यालयमा छात्रा बढी

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माविमा छात्रभन्दा छात्राको संख्या बढी छ । हाल अध्ययतरत ४१५ विद्यार्थीमध्ये छात्राको संख्या २३७ र छात्रको संख्या १७८ जना रहेको विद्यालयले जनाएको छ । यस्तै दिप्रुङ गाउँपालिका–५ सछितापोखरी कुलागाउँस्थित सरस्वती माविमा पनि छात्रभन्दा छात्राको संख्या बढी छ ।

पोखरा विश्वविद्यालयको १५ औं दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको पन्धौं दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्तमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भए पनि उनी उपस्थित हुन सकेनन्। पोखरामा भएको दीक्षान्तमा विभिन्न संकायका झण्डै ५ हजार बढी विद्यार्थी दीक्षित भएका छन्।

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्