५ आश्विन २०८१ शनिबार
image/svg+xml

अन्नपूर्ण आधारशिविरबाट दौडेर घान्द्रुक झर्नेगरि म्याराथन हुँदै

अन्नपूर्ण आधारशिविर (एबिसी) बाट दौडेर पर्यटकीय गाउँ घान्द्रुक ओर्लने गरि आयोजना हुने अन्नपूर्ण म्याराथनको चौंथो संस्करण जेठ २१ गते हुने भएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ आयोजना हुने म्याराथनले अन्नपूर्ण क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन हुने आयोजकको भनाई छ।

फुङलिङ-पाथिभरा दौड जेठ ७ मा

जेठ ३ देखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने ताप्लेजुङ पर्यटन महोत्सवको अन्तिम दिन जेठ ७ गते पुरुष तथा महिला हाफ म्याराथन हुने भएको छ।

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ : धिरबहादुर र प्रियाले जिते उपाधि

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका छन्।

जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ सुरु भएको छ। संघीय युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज बिहान म्याराथनको उद्घाटन गरेका हुन्।

राष्ट्रिय एकता अभियानमा खेलकुदको महत्वपूर्ण योगदान छः मन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताएकी छन्।

न्यु दिल्ली म्याराथनमा नेपालका दुई धावक

भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौडने भएका छन्।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि केन्याली धावक जुलियासलाई, महिला हाफ सन्तोषीलाई

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन्।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १४ देशका १० हजार दौडिने

पोखरामा आगामि शनिबार पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार हुने प्रतियोगिताको यो १८ औं संस्करण हो।

पर्यटन प्रवर्द्धनका लागि ‘ट्रेल म्याराथन’ घोषणा

सोलुखुम्बुमा सर्वाधिक राशिकोे ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ घोषणा गरिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा तीन लाख पुरस्कार राशि रहेको ट्रेल म्याराथनको घोषणा गरिएको हो।

३ लाख पुरस्कार राशिको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ घोषणा

सोलुखुम्बुमा आयोजना गरिने सर्वाधिक राशिको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ घोषणा गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन: १६० जना भन्दा बढी दौडिन नपाउने

१८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागि हुन चाहनेले बेलैमा आफुलाई धावकको रुपमा दर्ता गराउनुपर्ने भएको छ। किनभने आयोजकले म्याराथनमा सहभागि हुने धावकका लागि निश्चित संख्या (कोटा) निर्धारण गरिदिएको छ। तोकिएको भन्दा बढी संख्यामा सहभागि भएमा उनीहरुले चाहेको दूरीको दौडमा सहभागि हुन पाउने छैनन, मात्र ‘रन फर फन’मा मात्र दौडनुपर्नेछ।

बंगबन्धु म्याराथनमा सात खेलाडी

बंगलादेशको ढाकामा हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन्। म्याराथन जनवरी २६ तारिखमा हुँदैछ।

धर्मले मुम्बइ म्याराथनमा दौड्ने

भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा दौड्ने भएका छन्।जनवरी २१ तारिखमा हुने म्याराथन (४२.१९५ किलोमिटर) मा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बइ प्रस्थान गर्दै छन्।

१७ वर्षपछि फेरियो पोखरा म्याराथनको रुट

अबको एकमहिना पछि पोखरामा अन्तर्राष्ट्रिय पोखरा म्याराथन हुदैछ। प्रतियोगिताको महिनादिन अघि मात्रै आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले म्याराथनको रुटलाई बदलेको छ। १७ वर्षपछि म्याराथनको रुट फेरिएको हो।

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्