५ आश्विन २०८१ शनिबार
image/svg+xml

चुमनुब्रीले उठाउन थाल्यो भिन्दै पर्यटन शुल्क

गोरखाको माथिल्लो क्षेत्रमा पर्ने मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने स्वदेशी र विदेशी पर्यटकसँग अतिरिक्त पर्यटक शुल्क उठाउने चुमनुब्री गाउँपालिकाको निर्णयले विवाद सुरु भएको छ। गाउँपालिकाले कुनै हालतमा पर्यटन शुल्क उठाउने बताउँदै आएको छ भने मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले त्यो निर्णय लागु नगर्न अनुरोध गरेको छ। गाउँपालिकाले असोज १ देखि पर्यटन शुल्क उठाउन पनि थालिसकेको छ।

पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै ऐनापहरा

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ।

बेनी–जोमसोम–कोरला सडकः सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ।

थामे बाढी र प्रभावित क्षेत्रको अध्ययन गर्न प्राविधिक टोली पठाइने

सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ।

कुवापानीको पहिरोले आदिबराह पुरियो

जिल्लाको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोका कारण पुरिएको छ। जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन् ।

सयौं वर्ष पुरानो ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाममा दुई गाउँबीचमा ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ।

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

हुरीबताससँगै परेको चट्याङ लागेर बालकको मृत्यु

गयराति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।

महाङ्काल प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबलको सेमिफाइनलमा

घरेलु टोली महाङ्काल गाउँपालिका सोमबार प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

इच्छाकामनामा ‘कोल्डड्रिंक्स’ निषेध, पाहुनालाई मोहीले स्वागत

चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिंक्स’ निषेध गरेको छ।

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ।

संरक्षण थालिएको ताल नै सुकेपछि...

तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो। तर, अहिले तालमा पानी होइन कमिला डुल्छन्। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो।

भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ।

बस्ती जलिरहन्छन्, छैनन् दमकल

खडेरी मौसममा आगलागीको जोखिम भइरहन्छ, तर यो जोखिमलाई दृष्टिगत गरेर बंगलाचुली गाउँपालिकाले पूर्वतयारी गरेकै छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्