१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सबै नागरिकलाई सेयरधनी बनाउने अभियानमा उर्जामन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ ।

उर्जामन्त्री पुन र जापानी राजदूतबीच भेट

उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो।

विद्युत् चोरी नियन्त्रण गर्न गृहमन्त्री र उर्जामन्त्री एकजुट, विशेष अभियान चलाइने

सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो।

उर्जामन्त्री पुन र ब्रिटिस संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसंग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ। नेपालको संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन्।

सिँचाईबाट अर्थतन्त्र र विकासको आकार बढाउछौं : उर्जामन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँचाइले कृषिमात्र नभई सिँगो अर्थतन्त्र र विकासको आकार बढाउने बताएका छन्।

हमाल बने उर्जामन्त्री

लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित रही फिल्म ‘उज्यालो नेपाल' निर्माण गरिएको छ। लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धिलाई समेटेर फिल्म निर्माण भएको हो।

'नेपालको पानी जनताको लगानी' नारालाई सार्थक बनाउँ: उर्जामन्त्री शर्मा

उर्जामन्त्री जर्नादन शर्माले उर्जा मन्त्रालयले जनताको प्रमुख र सरकारको सहायक लगानीमा एक जिल्ला एक बिद्युत परियोजना सञ्चालनको अवधारणा अघि सार्न लागेको बताएका छन्। बिद्युत विकासका संभावना,समस्या र चुनौती बिषय अन्तरकृया कार्यक्रममा सहभागिता जनाउन शुक्रवार अपरान्ह ताप्लेजुङ सदरमुकाम आई पुगेका मन्त्री शर्माले नेपालको पानी जनताको लगानी भन्ने नारालाई सार्थक बनाउन सरकाले यसैबर्षबाट जनताको प्रत्यक्ष लगानी भित्र्याउने वातावरणका लागि योजना अघि सारि रहेको जानकारी दिए।

जसले काम गर्छ, उसले मात्र लाइसेन्स पाउँछः उर्जामन्त्री

उर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङ्मुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार  गरेको पत्रकार सम्मेलनमा उनले प्रशारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको बताए ।

ऊर्जामन्त्रालयबाट भएको कामको स्वामित्व पार्टीले लिन सकेन: उर्जामन्त्री

उर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्माले आफूले ऊर्जामन्त्रालयमार्फत गरेको जनमुखी कामको पार्टीले स्वामित्व लिन नसकेको गुनासो गरेका छन्। माओवादी केन्द्र कास्कीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले लोडसेडिङमुक्त नेपाल बनाएर कमाएको जनमतको स्वामित्व पार्टी पंक्तिले नसकेको बताएका हुन्।

अब लोडसेडिङ तालिका आउँदैन: उर्जामन्त्री शर्मा

र्जामन्त्री जनार्दन शर्माले सरकार उज्यालो नेपाल निर्माण गर्न जुटेको बताएका छन्। पुरानै विद्युतभारलाई केहि पारदर्शिता र पुरानै संरचनालाई व्यवस्थित गर्दा धेरै सहर लोडसेडिङ मुक्त भएको दाबि गरे। सिन्धुली माओवादीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिङगो मन्त्रालय र प्राधिकरण उज्यालो नेपाल बनाउने तर्फ लागेको जनाए।

प्राधिकरणको एमडी बनाइ दिनु भन्दै उर्जामन्त्रीलाई १० करोडको अफर !

उर्जामन्त्री शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन ५ जना व्यक्ति १० करोडको अफर लिएर आफूकहाँ आएको दाबी गरेका छन्। तर आफूले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेकाले सो प्रस्ताव अस्वीकार गरेको मन्त्री शर्माले दाबी गरे।

जलविद्युतमा जनतालाई शेयर दिने मोडालिटी छिट्टै ल्याउने उर्जामन्त्रीको भनाइ

उर्जामन्त्री जनार्दन शर्माले जलविद्युत आयोजनामा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल मोरङ शाखाले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले जल विद्युत आयोजनाका जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने बताएका हुन्।

उपत्यकामा शून्य लाेडसेडिङ, भित्ताेमा तालिका टाँस्नु पर्दैनः उर्जामन्त्री

राजधानीकाे विद्युत माग र अापूर्ति सन्तुलन मिलाउनका लागि वैकल्पिक उपायहरुमा गृहकार्य भैरहेकाे भन्दै याे बर्ष राजधानीका उपभाेक्ताले लाेडसेडिङ तालिका भित्तामा टाँस्नु नपर्ने मन्त्री शर्माकाे दृढ विस्वास छ।

रुकुम उज्यालो कार्यक्रम प्रभावकारी हुन्छः उर्जामन्त्री शर्मा

ऊर्जामन्त्री जनार्दन शर्माले रुकुममा नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको बताएका छन्।

महाअभियोग प्रस्तावले सत्ता गठबन्धनमा असर गर्दैन: उर्जामन्त्री शर्मा

उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रबीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्